राप्तीसोनारी गाउँपालिकाको लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण

असल शासन प्रतिनिधि

बाँके/  राप्तीसोनारी गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरणको परिक्षण पश्चात प्राप्त नतिजाको सार्वजनिकरण गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा लैँगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गरिएको हो ।

असार २० गते सार्वजनिकरण भएको नजितामा राप्ती सोनारी गाउँपालिकाले कुल १०० अंकमा ५६ अंक प्राप्त गरेको छ । यसरी प्राप्त गरेको अंकमा गाउँपालिकाले सुशासन र उत्तरदायित्व सबै भन्दा बढि १३.५ अंक प्राप्त गरेको छ भने सबै भन्दा कम नीति, कानुन र योजनामा ९.५ अंक प्राप्त गरेको छ । त्यस्तै संस्थागत व्यवस्थामा १२ अंक, मानव विकास तथा क्षमता विकासमा १० अंक र सेवा प्रवाहमा ११ अंक प्राप्त गरेको छ ।

सार्वजनिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले गाउँपालिकालाई राम्रो बनाउन सबै लागि परिरहेको बताउँदै आगामी दिनमा कमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै लैजानुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख जीवन न्यौपनेले पालिकाले धेरै कार्य गरेपनि त्यसको अभिलेखिकरणमा उत्तिकै ध्यान जान जरुरी भएको बताए । महिला बालबालिका शाखा प्रमुख सम्झना दलामीले कतिपय नीतिगत कुराहरु तर्जुमा गर्नुपर्ने आवश्यक रहेको औँल्याइन् । वडा नं. १ का वडा अध्यक्ष यम बहादुर खड्काले पालिकाले वडास्तरबाट नै गरिने कार्यमा ध्यान दिनुपर्ने बताए ।

नतिजाको सार्वजनिकरण बास नेपालका लैससास परीक्षक रबिन्द्र बोहराले गरेका थिए ।

  • २१ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech