नेपालगन्ज । आदर्श माध्यमिक बिद्यालय नेपालगन्ज २० राझाँमा अध्ययनरत ५० जना किशोरीहरुलाई स्वास्थ्य सुरक्षाका लागि निःशुल्क फ्रिडम किट ब्याग वितरण गरिएको छ । फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा वालिकाकालागि महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन कार्यक्रम अन्तरगत किशोरी तथा महिलाहरुको स्वास्थ्य र स्च्छताका लागि रियुजेवल किट ब्याग वितरण गरिएको हो ।
महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको थियो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ ।
किट ब्याग गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाह र बसन्ति रोकायले अभिमुखिकरण गरेका थिए ।
किट ब्याग वितरण कार्यक्रममा बोल्दै आदर्श माबिका प्रधानाध्यापक प्रकाश आचार्यले बिद्यालयले २०७२ साल देखि सेनेटरी प्याड उपलब्ध गराईरहेको जनाए । फ्रिडम किट ब्याग किशोरीहरुका लागि उपयोगी, सुरक्षित र भरपर्दो रहेको बताउदै बिद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि वितरण गर्ने आयोजकहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निर्वतमान अध्यक्ष रमेश सिटौला, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टले फ्रिडम किटब्यागको उपयोगीताका बारेमा बोलेका थिए ।
फ्रिडम किट ब्याग प्रप्त गरे पछि किशोरीहरुले खुसी हुदै किट ब्याग महिनावारी भएको समयमा उपयोगी हुने र महिनावारीको समयमा झेल्नु परेको समस्या समाधान हुने विश्वास ब्यक्त गरेका थिए । असार १९ गते सम्पन्न कार्यक्रममा ५० जना किशोरीसँगै बिद्यालयका शिक्षकहरुको समेत उपस्थिती रहेको थियो ।