राप्तीसोनारी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

राप्तीसोनारी बाँके/ राप्तीसोनारी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा यस आ.ब.को तेस्रो सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

बिकास निर्माण, सार्वजनिक सेवा प्रबाह लगायतका बिषयमा सहभागिहरुले सुनुवाईमा सोधेका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडि लगायतले दिएका थिए ।

सुनुवाइको अन्तमा ५ बुँदे सार्वजनिक प्रतिबद्धता जारी भएको छ । जारी भएका प्रतिबद्धताहरुमा राप्तीसोनारी गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरुको एसईई २०८० को नतिजा निराशाजनक प्राप्त भएकाले शिक्षाको गुणस्तर सुधार्नका लागि बिशेष योजना बनाउने, पालिकाबाट भईरहेको शिक्षाको गुणस्तर र पूर्बाधार बिकास कार्यलाई निरन्तरता दिने, समुदायबाट पनि यस बारे उच्च सर्तकता अवलम्वन गर्ने, पालिकामा रहेका सहकारीहरुमा लेखा व्यवस्थापन गर्ने कर्मचारीहरु दक्ष राख्न सहकारी संस्थाहरुलाई परिपत्र गर्ने, गाउँपालिकाबाट नियमित बजार अनुगमन गर्ने, गाउँपालिकामा रहेका सबै बिद्यालयहरुको आधारभुत आवश्यकता (खानेपानी, शौचालय) परिपूर्तिका लागि आवश्यक व्यवस्था गर्ने, समग्र कृषि क्षेत्रको बिकासका लागि कृषकहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रमहरु सञ्चालन गर्ने, ९ वटै वडामा रहेका आमा समूहहरुको बैठक व्यवस्थापनका लागि आवश्यक सामाग्रि त्रिपाल र स्वयंसेवकहरुलाई झोला उपलब्ध गराउने, राप्तीसोनारी गाउँपालिकमा रहेका पर्यटकीय स्थलहरुलाई थप व्यवस्थित गर्ने, भौतिक पूर्बाधारहरु निर्माण गर्ने रहेका छन् ।

प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी, वडा नम्वर ३ का अध्यक्ष मिन कुमार चौधरी, वडा नम्वर ४ का का.बा. अध्यक्ष मंगरे थारु, वडा नम्वर ६ का लवराज खरेल, वडा नं ७ का वडाध्यक्ष रामलखन थारु, वडा नम्वर ८ का अध्यक्ष सालिक राम डाँगी, वडा नम्वर ९ का अध्यक्ष सोहनलाल थारु, कार्यपालिका सदस्य सुमित्रा थारु र थान बहादुर बिकले हस्ताक्षर गरेका छन् ।

 

  • २२ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech