नेपालगन्जमा सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज ̸ नेपालगञ्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।


आर्थिक बर्ष २०८०/०८१ अन्तरगतको अन्तिम सार्बजनिक सुनुवाई नेपालगञ्ज उपमहानगरपालिकाले शनिबार सम्पन्न गरेको हो । उपमहानगरपालिका बासिहरुको उल्लेख्य सहभाििगता रहेको सुनुवाईबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरेको छ । सार्वजनिक सुनुवाईबाट घोषणा गरिएका प्रतिबद्धताहरुमा आगामी आर्थिक बर्ष देखी बर्षको तिन पटक सार्बजनिक सुनुवाई गर्ने, सार्बजनिक सुनुवाइमा सबै वडाअध्यक्षहरुलाई उपस्थित हुन उपमहानगरपालिबाट निर्देशन गर्ने, टिनको छानामुनी रहेका सबै बिद्यालयहरुलाई टिन मुक्त बनाउने, शौचालय र शुद्ध पिउने पानी नभएका बिद्यालयहरुमा शौचालय र पिउने पानीको उचित ब्यवस्थापन गर्ने, आगामी आर्थिक बर्षको बजेटको मर्मत संभार कोषबाट नेपालगञ्ज उपमहानगरपालिका भित्र भत्किएका तथा मर्मत गर्नुपर्ने सडकहरु मर्मत गर्ने तथा ट्राफिक लाईट एकमहिना भित्र सञ्चालन गर्न आवश्यक समन्वय गर्ने, नगर भित्रका कच्चि सडकलाई नयाँ आर्थिक बर्षको बजेट बाट स्तरउन्नती गरेर लैजाने, उपमहानगरपालिका भित्रका धार्मिक स्थलहरु बागेश्वरी मन्दीर, मस्जिद, गुम्बा लगायतको सौन्दर्यकरण गर्ने रहेका छन् ।

झण्डै २०० बढी नगरबासिहरुको सहभागिता रहेको सुनुवाईमा सहभागिहरुले नगरको समग्र विकास निर्माण, डुवान, सरसफाई, नगर शौदर्यकरण, लागु पर्दा दूब्यसनी बिरुद्ध अभियान, शैक्षिक गुणस्तर सुधार लगायतका बिषयमा दर्जनौ प्रश्नहरु राखेका थिए । सुनुवाईमा सहभागिहरुले राखेका प्रश्नको जवाफ नगरप्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल लगायत वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।


बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेको सुनुवाईमा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले नागरिक प्रतिबेदन पत्र तथा बर्हिगमन अभिमत सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए । सार्बजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • २४ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech