गरियो धनगढीको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

धनगढी/ धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा सम्पन्न कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला रानाले सामाजिक परिक्षण मार्फत पालिकाको बार्षिक कार्य सम्पादनको लेखाजोखा गरी पालिकालाई अगाडी बढ्न महत्वपूर्ण सुझाव प्रदान गरेको बताइन् ।

प्रतिबेदनले देखिएका समस्याहरुलाई समाधान गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिइन् ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले सामाजिक परिक्षणको क्रममा देखिएका सुझावहरुलाई योजना सहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । पालिकाको सेवा प्रवाहका बिषयमा तेस्रो पक्षको बिष्लेषण महत्वपूर्ण हुने भन्दै सामाजिक परिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकिकरणमा राख्ने बताए ।

बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले तथा सामाजिक परिक्षक सामाजिक परिक्षण, प्रक्रिया, धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समुह छलफल, सन्दर्भ सामाग्री अध्ययन, स्थलगत अवलोकन लगायत बाट प्राप्त तथ्यसँगै पालिकाको राम्रा पक्षहरु सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात खुल्ला छलफल गरिएको थियो । खुल्ला छलफलमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले बोलेका थिए ।

बास नेपाल कैलाली शाखा अध्यक्ष चिरञ्जीवि छेडाले स्वागत तथा उद्धेश्य माथि प्रकाश गरेको कार्यक्रम उप प्रमुख रानाको अध्यक्षतामा भएको थियो ।

सामाजिक परिक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरि धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण अन्तिम प्रतिबेदन सहजिकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिनेछ ।

  • २४ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech