जयेन्दु झडपबाट भागेका दुई जना फरार

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमामा दुई समुह बिचको झडपबाट भागेका दुई जना अझै फरार रहेका छन् ।
सोमबार साझँ करिब साडे सात बजे बाल सुधार गृहमा दुई समूहबिच झडप झडप भएपछि गृहमा रहेका ६५ जना भागे पछि सुधार गृहमा तनावको अवस्था सिर्जना भएको थियो । प्राप्त जानकारी अनुसार साझँ सुधार गृहको भान्सामा भान्सेले काम गरिरहेको अवस्थामा केही ब्यक्तिहरु बिचमा सामान्य भनाभन भएको सोही क्रममा एक पक्षले रड निकालेर अर्को पक्षलाई आक्रमण गर्न खोज्दा ज्यान जोगाउन भागाभागको अवस्था सिर्जना भएको थियो । आन्तरीक द्धन्द्ध लगायत विभिन्न कारणले झडप तथा विवादमा आईरहने उक्त वाल सुधार गृहमा झडप भएपछि प्रहरीले तत्काल सक्रियता देखाएको थियो । प्रहरीले सुधार गृहलाई नियन्त्रणमा लिएर भागेकाहरुको खोजी कार्यलाई तिब्रता दिएको थियो ।
बाल सुधार गृहमा भएको झडपमा बिषयमा बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरले सामान्य विवाद चर्कीदै गएपछि एक पक्षले अर्को पक्षलाई रड आक्रमण गर्दा ज्यान जोगाउन भागाभागको अवस्था सिर्जना भएको असल शासनलाई बताईन् ।
विभिन्न कारणले विवाद भईरहने उक्त सुधार गृहबाट भागेका ६५ जना मध्ये ६३ जनालाई आज विहान सम्म नियन्त्रणमा लिईसकेको बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले असल शासनलाई बताए । उनले बाकि दुई जनालाई समेत चाडै खोजी गरी सुधार गृहलाई जिम्मा लगाउने बताए । साझँ करिब ७स्३० बजे उक्त घट्ना घट्को र आन्तरीक द्धन्द्ध बढ्दै गएपछि झडपको अवस्था सिर्जना भएको र अहिले पूर्ण रुपमा नियन्त्रणमा रहेको उनले बताए ।

 

  • २६ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech