जहाजबाट हुम्ला पुग्यो तीस करोड !

सुन्दर रावत

हुम्ला/ हिमाली जिल्ला हुम्लामा आर्थिक अभाव हुन नदिन राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले हवाई मार्गबाट रु तीस करोड चाटरफ्लाइट गरेर सिमकोट पुर्याएको छ ।
सिमकोट शाखाले नेपाल राष्ट्र बैंकसँग माग गरेअनुसार मङ्गलबार रु तीस करोड हुम्ला पुगेको हो । पाँच दिनअघि नियमीत वर्षा भएका कारण हवाई उडान नहुँदा उक्त पैसा जिल्लामा पुग्न सकेको थिएन ।
मौसममा सुधार आएसँगै मङ्गलबार  तीस करोड हुम्ला पुगेको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक दिपककुमार शाहले बताउनुभयो ।
पैसाको अभाव भएका बेला जिल्लामा तीस करोड पैसा आइपुगेको छ । आर्थिक वर्षको अन्त्यसँगै बैंकहरुमा पैसाको अभाव भएका बेला राष्ट्र बैंक नेपालगञ्जबाट पैसा आइपुगेको हो । बिभिन्न विकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको प्रबन्धक शाहले बताउनुभयो । जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगञ्जले तीस करोड पठाएपछि अब पैसाको समस्या समाधान हुने उहाँले बताउनुभयो ।
२३ गते अघि बैंकमा सेवाग्राहीको चहलपहल सामान्य भएपनि त्यस यता दैनिक भुक्तानी लिनेको चाप बढेको प्रबन्धक शाहले बताउनुभयो ।
आइतबार यतादेखि बैंकले दैनिक रु तीन करोडसम्म भुक्तानी दिने गरेको छ । विभिन्न विकासे योजना तथा आयोजनाका रकम लिन सेवा आउँदा बैंकमा चाप बढ्नका साथै तीन करोड सम्म भक्तानी हुने गरेको शाहले बताउनुभयो ।
आइतबार अघिका दिनमा दैनिक ८० लाखसम्म भुक्तानी हुने भएपनि पछिल्ला दुई दिन यता भुक्तानी लिने र दिने काम बढेको छ ।

  • २६ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech