गेरुवाले गर्यो जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालिम

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियाको गेरुवा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ ।

गेरुवा गाउँपालिकाकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा बुधबार सो तालिम सम्पन्न भएको हो ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन सत्रमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी थारुले तालिमबाट जनप्रतिनिधि र कर्मचारीलाई काम गर्ने थप उर्जा थपिएको बताए । उक्त तालिमबाट हामीहरुले एकदमै महत्वपुर्ण कुराहरु सिकेकाले आउँदो आर्थिक बर्षमा यो तालिमलाई दुई दिनको बनाएर सञ्चालन गर्न आबश्यक रहेको र त्यो कुरा आफुले पहल गर्र्नेे थारुको भनाइ थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले तालिमको माध्यामबाट पालिकाले गर्नुपर्ने काम र स्थानीय सरकार सञ्चालनको विषयमा थप जानकारी भएको बताएका थिए ।

तालिमका सहभागीहरुको तर्फबाट आफ्नो भनाई राख्दै छोटो समयमा तालिमबाट धेरै कुरा सिकेको बताउँदै गाउँपालिकाका प्रबक्ता धर्म प्रशाद थारुले आउँदो बर्षमा यो तालिमलाई थप ब्यवस्थित गरेर लैजानुपर्ने, र हामी जनप्रतिनिधिहरुका लागि तालिम धेरै उपयोगी भएको बताए ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर १ देखी ६ सम्मकै वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु र पालिकाका सम्पुर्ण कर्मचारीहरु गरी ७३ जनाको सहभागीता रहेको उक्त तालिमको सञ्चालन बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

 

  • २७ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech