भुवन भट्टराईको प्रेम गीत “मेरि माया” सार्वजनिक

असल शासन प्रतिनिधि

काठमाण्डौं/ गायक भुवन भट्राईको गित “मेरि माया” सार्वजनिक भएको छ ।

प्रेमको अनन्त कथालाई प्रस्तुत गरेको उक्त गित हालै सार्वजनिक भएको हो ।

गीतमा बाँके निवासी चर्चित गायक भुवन भट्टराई सहित थुप्रै गितमा आफ्नो सुमधुर आवाज भरेर लोकप्रीयता बटुलीरहेकि चर्चित गायिका अस्मिता अधिकारीको स्वरले प्रेमका रंगहरूलाई जीवन्त बनाएको छ ।

गायक भुवन भट्टराईको लामो समयको संघर्ष र अथक मेहेनतको प्रतिफल हो “मेरि माया” ।

उनले आफ्नो संगीत यात्रामा अनेकौं चुनौतीहरू पार गर्दै, अन्ततः उनको आफ्नै युट्युब च्यानलबाट “मेरि माया” गितको भिडियो रिलिज गरेका छन् । भुवन भट्टराईको यो गित “मेरि माया” ले उनलाई नेपाली संगीत क्षेत्रमा अग्रसर रहन थप ऊर्जा भरिदिने बिस्वास गर्न सकिन्छ ।

गितमा शब्दले भनेझै प्रेम प्रेमिकाको पहिलो माया, पहिलो भेटलाई मिठासपूर्ण रुपमा गितका शब्द र दृश्यमा प्रस्तुत गरिएको छ, जसले दर्शक श्रोताहरूलाई पहिलो प्रेमको सम्झनामा र भावनामा डुबाउँछ । गीतले दर्शक श्रोताहरूलाई सुन्दा आनन्दित र भिडियोको दृश्यले भरपुर मनोरञ्जन समेत प्रदान गर्दछ । उक्त गितले प्रेम सम्बन्धमा आवश्यक समर्पण र विश्वासलाई गहकिलो अर्थमा प्रस्तुत गरेको छ । भिडियोमा कसरी दुईजनाको प्रेम जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ भन्ने कुरा महसुस गर्न सकिन्छ । गितको भावलाई महशुस गर्दा प्रेम सम्बन्धलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने कुरालाई प्रेरित गर्दछ । प्रेममा आउन सक्ने उतार–चढाव र सम्बन्धलाई बलियो बनाउन आवश्यक सम्झौताहरूको महत्वलाई उजागर गरिएको गित ले प्रेममा समर्पण र सहकार्यको आवश्यकता कति रहन्छ भन्ने समेत प्रस्तुत गरेको छ ।
गीतको संगीत संयोजन राजेन्द्र बजगाईले गरेका हुन् ।

मेरि माया गितको भिडियो दक्षिण कोरियाको मनमोहक स्थानहरूमा छायांकन गरिएको छ, जसले गीतको भिडियोलाई अझै सौन्दर्य प्रदान गरेको छ । निर्देशक बिमल सिजालीले गीतको भावनालाई उत्कृष्ट रूपमा भिडियोमा उतारेका छन्, गितको छायांकन तथा भिडियो सम्पादन पनि बिमल सिजालिले नै गरेका हुन, भिडियोमा कलर सम्पादन राजेन्द्र मोक्तान ले गरेका छ्न भने अनिका घिसिङले मेकअप गरेका हुन जसले भिडियो लाई थप आकर्षक र प्रभावशाली बनाएको देख्न सकिन्छ । साथै भिडियोको निर्माण भने सुजल गिरिले गरेका हुन ।

भिडियोमा कलाकार शिशिर गिरि र दिया खड्काको सशक्त अभिनयले एक सच्चा प्रेमको कथा प्रस्तुत गरेको छ । उनीहरूको अभिनयले गीतको भावनालाई अझ प्रभावशाली देखाएको छ, जसले दर्शक श्रोताहरूलाई गीतको कथासँग आत्मीयता का साथ जोड्न मद्दत पुर्याउँछ । दुबै जनाको अभिनयले प्रेम प्रतिको भावना, समर्पण, संवेदनशीलतालाई प्रस्ट रूपमा प्रस्तुत गरेको छ ।

“मेरि माया” एक उत्कृष्ट प्रेमगीत हो, जसले दर्शक श्रोताहरूलाई प्रेमको वास्तविक अर्थ बुझ्न प्रेरित गर्छ । भुवन भट्टराई र अस्मिता अधिकारीको सुमधुर आवाजले गीतलाई सुमधुर बनाएको छ । भिडियोको उत्कृष्ट छायांकन, निर्देशन, र कलाकारहरूको अभिनयले पनि गीतलाई थप विशेष बनाएको छ ।

यस गीतले प्रेमका विभिन्न पाटोहरू र सम्बन्धको गहिराइलाई प्रस्तुत गरेको छ । “मेरि माया” गित ले नेपाली गित संगितका दर्शक श्रोताहरूलाई आफ्नो प्रेम सम्बन्धलाई अझ बलियो बनाउन प्रेरित गर्नेछ । यो गीतले केवल मनोरञ्जन मात्र नभई, मायाको अर्थ र मूल्यलाई बुझ्न एक फरक दृष्टिकोण प्रदान गर्दछ ।

गायक भुवन भट्टराईको संघर्ष, दर्शकहरूको अपार माया पाउने लक्ष्य का साथ उक्त गित मेरि माया गायक भुवन भट्टराईको आफ्नै, युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ । दर्शक तथा श्रोताहरूले यस गीतको सुमधुरतामा आफ्नो प्रेमको माधुर्य र भावनालाई नजिकबाट अनुभव गर्न पाउने छन्, जसले उनीहरूलाई प्रेमको सुन्दरता बुझ्न प्रेरित गर्नेछ । यो गीत प्रेमको वास्तविक चित्रण मात्र नभई, गायक भुवन भट्टराईको संगीत यात्रा र संघर्षको प्रतिबिम्ब पनि हो, जसले उनलाई र नेपाली संगीत उद्योग लाई नयाँ उचाइमा पुर्याउने बिश्वास गर्न सकिन्छ ।

  • ३० असार २०८१, शनिबार प्रकाशित

  • Nabintech