नेपालगन्जमा झडप, गयो एक जनाको ज्यान

असल शासन प्रतिनिधि

नेपालगन्जमा झडप, गयो एक जनाको ज्यान

नेपालगन्ज/ नेपालगन्जमा गएराती टाङ्गा स्टेण्ड नजिकै भएको झडपका क्रममा खुकुरी प्रहारबाट एकजनाको ज्यान गएको छ ।

स्थानीयको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका २ जनाले बिभिन्न बिबाद निकाल्दै झगडा गरेको र सोही क्रममा भएको झडपमा उनीहरुले खुकुरी निकालेर प्रहार गर्दा स्थानीय अन्दाजी ३८ वर्षिय ईरसाद कबडीयाको मृत्यु भएको स्थानीयले जनाएको छ ।

खुकुरी प्रहार गर्ने दुबै जना फरार छन् । २ वटा साधनमा आएका उनीहरुले ल्याएको से ७ प ४२५३ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

झडपमा संलग्न फैजान अन्सारीको घाइते अवस्थामा मेडिकल कलेजमा उपचार भइरहेको छ भने शंकर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताएका छन् ।

लागु औषध सेवन गर्ने र बेच्ने समुहकाबीच झडप भएको र फरार दुबैजनाको खोजी तिब्र पारिएको डीएसपी डाँगीले बताएका छन् ।

मृतक कवडीया झडपमा छुट्याउन जानेक्रममा उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ ।

यसैबिच मृतकका आफन्तहरुले हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक र त्रिभुवन चोकमा टायर बाल्दै सडक जाम गरेर नारावाजी गरिरहेका छन्

  • ३० असार २०८१, शनिबार प्रकाशित

  • Nabintech