सल्यानमा स्थानीय सरकार सञ्चालन विषयक तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/सल्यानको शारदा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ । शारदा नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले कार्यक्रमको उद्देश्यमाथी प्रकास पादै सहभागिहरुलाइ स्वागत गरेकी थिइन् ।

तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख भण्डारीले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध आयामहरुको वारेमा जानकारी मिलेको बताए । तालमिबाट सबैलाइ उत्प्रेरणा मिलेको भन्दै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाइ भण्डारीको अनुरोध थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले तालिमले स्थानीय तह सञ्चालन संग सम्बन्धित विविध विषयको वारेमा सहभागिहरुलाइ पुर्नताजकी गराएको बताउदै तालिमले थप उर्जा मिलेको बताए । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी १४० जनाको सहभागिता रहेको थियो ।

  • ३१ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech