नेपालगन्ज २२ का यादबलाई शैक्षिक सहयोग प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज/आर्थिक अवस्था कमजोर भएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का निखिल कुमार यादबलाई सहयोग प्रदान गरिएको छ ।

बासकी केन्द्रीय सचिब दिला शाहले आफ्ना माता स्व. देवा शाह, पिता मानबहादुर शाहको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षयकोष बाट अध्ययन सहयोगका लागि १५ हजार सहयोग हस्तान्तरण गरिएको हो ।आर्थिक अवस्था कमजोर भएका यादबको परिवारको आर्थिक अवस्थानिकै कमजोर रहेको छ ।

बासकी केन्द्रीय सचिब शाहको जन्मदिनको अवसरमा आज नेपालगञ्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिवकुमार बर्मा र कार्यकारी निर्देशक नमस्कार शाहले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अक्षयकोषकी संस्थापक दिलाशाहले वुवा, मुवाको सम्मानमा अक्षयकोष स्थापनागरि सहयोग गर्न पाउँदा खुसीलागेको बताईन् ।

अक्षयकोषबाट बिपन्न बालबालिका, हिँसामा परेका महिला र प्राकृतिक प्रकोेप बाट पीडितहरुलाई सहयोग गर्ने उद्धेश्य रहेको उनले बताईन् ।

कार्यक्रममा बोल्दै बासका निर्वतमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बुवा, मुवाको सम्मानमा कोष स्थापना गरि शाहले परोपकारी कार्य गरेको बताए ।
बासका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिबकुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश सँगै सहयोग घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए ।

सल्यानको शारदा नगरपालिका माल्नेटामा जन्मिएकि दिलाशाह द्वारा आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मान बहादुर शाह र मुवा देवा शाहको सम्मानमा मिति २०७४ पौष २१ गते २ लाख ५० हजार रकमको मानदेवा परोपकारी अक्षयकोष स्थापना गरेर सम्मानको शुरुवात गरेकी थिईन् । हाल उक्त कोषको रकम बढाएर ४ लाख ८० हजार ९ सय ९८ रुपैया पुगेको छ ।

हाल सम्म कोष मार्फत नेपालगञ्ज १९ आलानगर, बसुदेबपुरकी १५ बर्षिया पूजा परियार, नेपालगञ्ज १० निवासी अजय तामांगलाई जनही नगद रु १५ हजार, समाज बिकास प्रबद्र्धन केन्द्र, नेपालगञ्जले सञ्चालन गरेको बालगृहलाई नगद रु ९०८०,नेपालगन्ज १२ निवासी लक्ष्मी बुढालाई १० हजार, नेपालगञ्ज १९पुष्पा गिरीलाई १५ हजार, कोहलपुर बाँकेका दिनेश सार्कीलाई ११ हजार, प्रतिक्षालय निर्माणमा ६० हजार र ब्रेन ट्युमर पिडित सुमित्रा बराललाई १३ हजार ५ सय सहयोग गरि सकेको छ ।

अक्षयकोष मार्फत अति विपन्न बालबालिकाहरुको पठन—पाठन, हिंसामा परेका महिला, अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जन, विभिन्न घटना, दुर्घटनामा परि घाईते भएका व्यक्ति तथा विभिन्न रोगबाट पीडित भई उपचार गर्न नसकिरहेको व्यक्तिहरुलाई सहयोग, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई सहयोग, मानविय सेवा तथा सामाजिक सेवासंग सम्बन्धित कार्य गर्ने र मानविय सेवामा समर्पित व्यक्तिहरुलाई पुरस्कृत गर्ने लगायत उद्धेश्यले स्थापना गरिएको हो ।

 

  • ३ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech