स्वयंसेवक समितिको संयोजकमा प्रदिप बोहरा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / लामो समय देखी स्वयंसेवकको रुपमा काम गरी हाल लेखा सहायक पदमा काम गर्दै आएका सक्रिय युवा प्रदिप बोहोरा बास नेपालको स्वयंसेवक समितिको संयोजकमा चयन भएका छन् ।

बास नेपालले ६ महिनाको अवधिमा स्वयंसेवक समिति पुनर्गठन गर्दै आएको र सोही क्रममा २४ औं स्वयंसेवक समितिलाई बिदाई गर्दै आज २५ औं स्वयंसेवक समितिमा बोहरा संयोजकमा चयन भएका हुन् ।

१३ जनाको समिति चयन गरिएको उक्त कार्यक्रम बाट समितिको सह संयोजकमा सुमिता कुमाल, सदस्य सचिवमा टेक नेपाली रहेका छन् भने समितिको सदस्यहरुमा कृष्णा बिक,प्रतिका पुन, गोमा माझी, अस्मिता थापा,दिपा बुढा क्षेत्री, दिपिका देवकोटा,सरिन श्रेष्ठ,चन्द्रलाल जैशी, नतासा दानी र सर्मिला चँदारा रहेका छन् ।

स्वयंसेवक समितिमा चएन भएका पदाधिकारीहरुलाई बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा र निर्देशक हेमराज भट्टले खादा र टिका लगाएर सम्मान गरेका थिए ।

स्वयंसेवक बिभाग प्रमुख तपेन्द्र बहादुर मलातीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा र बास नेपालका निर्देशक हेमराज भट्टले स्वयंसेवकहरुले गर्नुपर्ने काम कर्तब्यका बारेमा जानकारी दिनुका साथै नयाँ समितिमा आएकालाई बधाई दिएका थिए ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech