ईन्स्पाईरिङ्ग युथको ३०९ औं श्रखला

असल शासन प्रतिनिधि

नेपालगन्ज / ईन्स्पाईरिङ्ग युथको ३०९ औं श्रखला आज सम्पन्न भएको छ ।

बास नेपाल केन्द्रीय कार्यालयले साप्ताहीक रुपमा हरेक शुक्रबार गर्दै आएको कार्यक्रम अन्र्तगत आजको श्रृखलामा प्याब्सन नेपालका केन्द्रीय सदस्य तथा निम्सका संस्थापक सुनिल गुप्ता मुख्य बक्ताको रुपमा बोलेका थिए ।

कार्यक्रममा सदस्य गुप्तले प्याब्सनका बिषयमा र आफुले बिगत २२ बर्ष देखी काम गर्दै आएको निम्सका बारेमा आधा घण्टा बोलेका थिए । बास नेपालर र निम्स संग सँगै स्थापना भएको बताउँदै सधैको निरन्तरताले लक्ष्यमा पुरयाउने बताए । निरन्तरताको परिनाम नै आज बास ७७ जिल्लामा पुग्न सफल भएको छ उनले थपे ।

युवाहरुले कसरी स्वरोजगार बन्न सकिन्छ र नेपालमै कसरी टिक्न सकिन्छ भन्ने बारेमा शोच्न पर्ने बताए । बैदेशिक रोजगार लाई युवाहरुले स्थान नदिएर नेपालमै केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ लाग्नु पर्छ । आत्मसन्तुष्टिनै प्रगति हो भन्ने शोच्न जरुरी भएको बताउँदै युवाहरुलाई उत्प्रेरित गरेका थिए ।

ईन्स्पाईरिङ्ग युथ कार्यक्रमका सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै गुप्तले भने हरेक मानिसको सामान्य तरिकाले जिवन चलिरहेको छ भने त्यो नै उपलब्धी शोच्नु पर्छ ।

३० जनाको सहभागीता रहेको उक्त कार्यक्रम बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले सहजीकरण गरेका थिए ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech