राँझा नेपालगञ्ज/ आदर्श माबि राँझा नेपालगञ्जका बिद्यार्थीहरुका लागि उद्घोषण तालिम शुरु भएको छ ।
आदर्श माबि राँझा नेपालगञ्जको आयोजना तथा बास नेपालको सहजिकरणमा तालिम शुरु भएको हो ।
बिद्यालयका ४० जना बिद्यार्थीहरुको सहभागिता रहेको तालिमको आज उद्घाटन भएको छ ।
बिद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले उद्घोषण तालिमको महत्वका बारेमा बोलेका थिए ।
तालिममा सहभागिहरुका तर्फबाट आकृति घर्ति र उमेश चौधरीले अपेक्षा मन्तव्य राखेका थिए । बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक नोखिराम लामिछानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिषयगत शिक्षक लिल बहादुर सुनार लगायतको उपस्थिती रहेको थियो ।
५ दिन सम्म सञ्चालन हुने तालिम श्रावण ८ गते समापन हुनेछ ।