बसले ठक्कर दिँदा गयो महिलाको ज्यान

अशोक रावल

नेपालगन्ज/ नेपालगन्ज कोहलपुर सडकखण्ड स्थित गनापुरमा मिनिबसको ठक्करबाट एक महिलाको निधन भएको छ ।

६५ बर्षिया कालवती भाटको दुर्घटनामा निधन भएको हो ।

नेपालगंज देखि बुटवल जान लागेको मिनिबसले बिहान १०:३० बजे जानकि गाउँपालिका वडा नम्वर ६ गनापुर नजिक घर देखि खेत जाने क्रममा बाटोको किनारबाट हिँड्दै गरेकि भाटलाई बसले ठक्कर दिएको थियो । उक्त दुर्घटनाबाट उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, शुरुमा ठक्कर दिएको बसले महिला ढलिसकेपछी पुन: गाडी पछाडि गरि कुल्चिदा उनको ज्यान गएको हो । उक्त गाडी चालक फरार रहेका छन् ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech