६ प्रश्नमा ऋतु सिंह

माधव कार्की

ऋतु सिंह
गायिका तथा कलाकार

१. तपाँईको जीवन को आदर्श के हो ?
– आफ्नो कामलाई निरनतरता दिनुको साथै असहाय ब्यक्तिहरुको सहयोग गर्नु नै मेरो जीवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो?
– मेरो बुवा आमाको प्रेरणाका साथै म भित्र लुकेर रहेका खुबीलाई बाहिर ल्याउन मेरो गुरु लोक नाथ बर्माको निकै सहयोग रह्यो जसले गर्दा अहिले म यहाँ सम्म पुग्न सफल भएको छु । उहाँकै सहयोगमा बागेश्वरी एफ एममा मधेषी भाषाको कार्यक्रम दुहारेको जमघट सञ्चालन गर्ने अवसर पाएकी थिएं ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– सानै देखी कला प्रति ईच्छा चाहनाका साथै समाजसेवा प्रति मेरो रुची भएकाले सोही बमोजिम काम गर्दै आएकि छु । नेपालगञ्जमै रहेर स्थानिय कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ यहि बसेर समाजलाई सकारात्मक तर्फ ईंगित गर्दै राष्ट्र भाव झल्किने गितका साथै भ्रष्टाचार बिरुद्ध, बेतिथि बिसंगति बिरुद्धका गित हरु निकाल्दै आएकी छु । जस अन्तर्गत २०७८ मा मेरो राजै २०७९ मा कर्मैको लेखा र २०८१ मा भ्रष्टाचार बिरुद्धको हे मेरो नेपाल आमा गित का साथै म्युजिक भिडियो रिलिज गर्न सफल भएकी छु ।

४. तपाईको जीवनको अबिस्मरणिय क्षण के हो ?
– मलाई अति नै माया गर्ने मेरो बुवाको २०७६ सालमा निधन हुँदाको क्षण मेरो लागि अबिश्मरणीय रहेको छ ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– देशमा बिना भेदभाव सबैले राज्यबाट समान अधिकार प्रापत गर्नु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
समाजमा आर्थिक अभावका कारण बिद्यालय उठन पाठन गर्न नपाएका बालबालिकाहरुलाई आफ्नो क्षमताले भ्याए सम्म सहयोग गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech