रमा पुन मगर
जेष्ठ नागरिक, महिला तथा बालबालिका शाखा
गेरुवा गाँउपालिका बर्दिया
१. तपाँईको जीवन को आदर्श के हो ?
– सकारात्मक सोच साधारण जीवनशैली र आफूले गर्ने कर्मप्रति सधै विश्वास गर्नु नै मेरो जीवनको आदर्श हो ।
२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरो जन्मदाता आमा बुवा परिवार समाज र सधै असल मार्गनिर्देश गर्ने असल कुशल व्यक्तित्वहरुको उत्प्रेरणाले यहाँसम्म आइपुगेको छु ।
३.तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– मैले जानेका सिकेका अनुभव ज्ञान सीप कला र क्षमता मार्फत आफुले सक्दो समाजको लागि शसक्तिकरण समानता समता वकालत र पैरवी गर्ने काम गरिरहेको छु ।
४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?
– आफ्नो काम गर्ने कार्य क्षेत्रमा निती नियम र कानुनको अधिनमा रही फरक तरिकाले प्रत्येक दिन सिकिने अनुभव तथा सिकाईहरु नै मेरो जीवनका अविस्मरणीय क्षण÷दस्तावेजहरु हुन् ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राज्यका संयन्त्रलाई आम नागरिकको चाहना तथा अपेक्षा अनुसार छिटो छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सार्वजनिक सेवा प्रवाहको सुखद अनुभुति दिलाउनु नै अशल शासन हो ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– मैले गर्न सक्ने योगदान र समाजसेवा नै समाजका लागि प्रतिबद्वता हो ।