छ प्रश्नमा टंकर रोकाया

असल शासन प्रतिनिधि

टंकर रोकाया
ईन्जिनियर, गेरुवा गाउँपालिका, बर्दिया

१. तपाँईको जीवन को आदर्श के हो ?
– सत्कर्म, मेहनत र लगनशील भई सरल जिबनयापन गरि समाज परिबर्तनमा आफ्नो तर्फबाट सकेजति योगदान गर्नु नै मेरो जिबनको आदर्श हो । लगनशील भई मेहनतवाट सफलताको शिखरमा पुग्न सकिन्छ भने प्राप्त सफलताहरुलाई उपयोग गरि सत्कर्मले कार्य गर्दा समाज र राष्ट्रका लागि योगदान गर्न सकिन्छ ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरो बुवाआमा नै मेरा उत्प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको समाजसेवा भाब, शालीनता र सादगी जिबनयापन ले नै मलाई जिबनको महत्वको बोध गराएको छ । त्यसपछि मेरो जिबनको हरेक मोडहरुमा साथ दिने मामा (संजय जिसी) जसको उत्प्रेरणाले गर्दा म आज यहा सम्म आइपुगेको छु।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– म आफुलाई भाग्यमानि ठान्दछु किनकि म आज जुन पेशामा छु यो पेशाले समाज परिबर्तनमा प्रत्क्षय भूमिका खेलेको हुन्छ । समाजको मुहार परिबर्तन गर्न ईन्जीनियरीङ्ग क्षेत्रको बिशेष योगदान रहन्छ । स्थानीय तहको पूर्वाधारबिकास क्षेत्र सम्हाल्दै गर्दा समाजका आवस्यकता हरु लाई पहिचान गरि सो अनुसारको कार्यसम्पादन गर्न प्रयासरत छु । सरकारी सेवा मा रहेका विकृतिहरु वाट टाढा रही लगनशील भई आफुलाई सुम्पेको जिम्मेवारी कुशलतापुर्बक निभाई समाज परिबर्तनमा आफ्नो तर्फबाट गर्न ।सकिने ,योगदान गरिरहेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?
– म कक्षा १० मा पढ्दै गर्दाको कुरा हो, म साथीहरुसंग फुटबल खेलिरहेको बेला मेरा आदरणीय गुरु (मंगल खत्री सर) ज्युले मलाई एकान्तमा बोलाई तिमि हाम्रो आशा गरेको विद्यार्थी हौ अब तिमिले भबिश्यको मार्ग स्पष्ट गर्नु पर्दछ भनेर सम्झाउनु भएको थियो । जस्ले त्यति बेला साच्चिकै भबिश्यप्रति गहिरो तरिकाले सोच्न मद्धत गरेको थियो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
असल नियतका साथ स्थापित नीति र नियमको अधिनमा रही समाजका आवस्यकताहरु पूर्ति गर्नु नै असल शासन हो भन्ने मेरो बुझाइ रहेको छ ।
६.समजका लागि तपाईको प्रतिबद्धता के छ ?
– असल नियतका साथ मेहनती, लगनशील भई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद रही समाज परिबर्तनमा आफ्नो क्षेत्रवाट सकेसम्म योगदान गर्नुनै मेरो समाजप्रति को प्रतिबदता हो ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech