प्रधानलाई २५ हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालले कलेजो रोगबाट प्रभावित सामाजिक कार्यकर्ता मनोज मान प्रधानलाई २५ हजार नगद सहयोग गरेको छ ।

बिभिन्न व्यक्तिहरुबाट संकलित सो रकम प्रधानलाई बास नेपालद्वारा नियमिति रुपमा सञ्चालन हुने साप्ताहिक कार्यक्रम ईन्सपाईरिंग युथको ३१० औं श्रृंखलामा प्रदान गरिएको हो ।

बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतले सो रकमको चेक प्रधानलाई हस्तान्तरण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका १ निवासी प्रधान बिगत केही बर्ष यता कलेजो रोगबाट पीडित भई केही महिना अघि मात्रै काठमाण्डौंमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

रेयुकाई लगायत बिभिन्न संघ, संस्थाहरुको बिभिन्न पदमा रहि काम गरिसकेका प्रधानको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचार सहयोगका लागि सो रकम सहयोग गरिएको बास नेपालले जनाएको छ ।

कार्यक्रममा सहयोग ग्रहण गरिसकेपछि बोल्दै प्रधानले आफ्नो जीवन रक्षाका लागि बास नेपालले गरेको सहयोगले आफुलाई थप हौसला मिलेको बताए । कार्यक्रममा प्रधानकी धर्मपत्नी ममता प्रधानको समेत उपस्थिती रहेको थियो ।

 

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech