जब बढ्छ गर्मी, तब बिद्युतले दिन्छ सास्ति

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज स्थित नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र बर्षेनि बिबादमा आउने गरेको छ ।

सेवाग्राही प्रति जिम्मेवार बन्नु पर्ने बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र जिम्मेवार नबन्दा बिबादमा आउने गरेको हो ।

नेपालकै सबै भन्दा बढि गर्मि हुने सहरको रुपमा चिनिने नेपालगञ्जमा जब, जब गर्मिले सहर आक्रान्त हुन्छ, त्यति बेला बिद्युत प्राधिकरणको ताण्डब शुरु हुन्छ । अघोषित लोडसेडिंग गरेर नेपालगञ्जबासीलाई बिद्युतले सास्ति दिन सम्म दिन्छ ।

आम नागरिकका लागि अत्यावश्यक सेवा हो बिद्युत । जसको प्रमुख कार्यालयनैं बितरण केन्द्र हुन्छ । जब बितरण केन्द्रको नेतृत्व आम सेवाग्राहीहरुको पहुँच भन्दा टाढा रहन्छ, उक्त नेतृत्वबाट सेवाग्राहीहरुले के आशा गर्ने ?

छिन, छिनमा बत्ति जान्छ, बत्ति जानुको कारण र आउने समयको बारेमा बिद्युत प्रशासन मौन रहन्छ, उपभोक्ता टेलिफोन गरेर सूचना माग्न खोज्छन्, अहँ न कार्यालय प्रमुखको फोन उठ्छ न अन्य नम्वरहरुनैं । उठि हाल्यो भने पनि जवाफ रेडिमेट र रुखो आउँछ ।

उपभोक्ताहरु कार्यालय पुग्छन्, कार्यालय प्रमुखलाई गुनासो गर्न, कार्यालय प्रमुखको कार्यकक्ष बाहिर रहेका तीन जना भन्दा बढि स्वकिय सचिवहरुले भित्रै छिर्नै दिदैनन्, सूचना अधिकारी नाम प्लेट नभएकै कोठामा बस्छन् । त्यस्तो कार्यालय र कार्यालय प्रमुखबाट उपभोक्ताले के आशा गर्ने । सार्वजनिक पद धारण गरेका अझ भनौं बढि जनसरोकार राख्ने सरकारी कार्यालयका प्रमुखसँग आम नागरिकहरुको पहुँचनैं स्थापित हुन नसक्नु बिडम्वना भएको गुनासो बिद्युत गएर फर्किनेहरुले गरिरहेका छन् ।

उल्लेखित अवस्थाका बिच उपभोक्ताहरुका कैयौं गुनासाहरु छन्, जुन गुनासोहरु सुन्ने कोहि छैन । उल्लेखित गुनासा र केही अनियमितताका सवालहरु सार्वजनिक भईरहँदा नेपालगञ्जका युवाहरुले बिद्युत प्राधिकरण नेपालगञ्जसँग सूचना माग गर्दै निबेदन दर्ता गरेका छन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ निवासी नमस्कार शाह, नेपालगन्ज १० निवासी हेमराज भट्ट, माधब कार्की र मन भण्डारीले सूचना माग गर्दै श्रावण १० गते निबेदन दर्ता गरेका हुन् ।

२०८१ जेष्ठ ७ गते र असार ५ गते आएको हावाहुरीका कारण बाँके जिल्लाका विभिन्न स्थानहरुमा २८० बिद्युत पोल, ५ ओटा टान्सफर्मर र ५ किलो मिटर तार नष्ट भएको विवरणहरु सार्वजनिक भएको भन्दै सूचना मागकर्ताहरुले सो को बास्तविकता मागेका छन् । मागकर्ताहरुले उक्त स्थानमा नयाँ बिद्युत पोल, तार र टान्सफर्मर जडान गरिएको वा पुरानै मर्मत भएको हो ? सो को जानकारी माग्दै सो क्रममा कति पोल नयाँ र कति पोल पुरानै वा सुधारिएर राखिए सो सबैको संख्या

(स्थानको विवरण सहित) र सो पोलहरुमा ट्रान्सफर्मर जडान गर्दा खरिद गरिएको सामाग्री खरिद गर्दाको प्रकृया, बिल, भर्पाई र पुरानो र नयाँ सामाग्री स्टोर दाखिला गरेको सबैको कागजातको छायाँ कपी माग गरेका छन् ।

ट्रान्सफर्मर जडान गर्दा र बदली गर्दा सो संगै जडान हुनुपर्ने सामाग्रिको बिबरण माग गर्दै सूचना मागकर्ताहरुले स्वीकृत भई स्टोरबाट निकासा भएका सामानहरुको नामावली र कार्य पर्छ्यौट गर्दा वास्तविक रुपमा लागेका सामानहरुको अवस्था बारे थाहा मागेका छन् ।

मागकर्ता युवाहरुले पोल, तार ट्रान्सफर थप र बदलीका कार्यहरु गर्दा भएको प्रकृया मागेका छन् ।

यसैगरी हाल नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका टान्सफर्मरहरुको संख्या, स्थान, राखिएका बिद्युत टान्सफर्मरहरुमा सुरक्षाको दृष्टीकोणले अनिवार्य हुनुपर्ने एमसिपि जडान भए, नभएको बिबरण, जडान नगरिएकाको हकमा के कति कारणले नगरिएको हो ? सो को जानकारी समेत माग गरिएको छ ।

आर्थिक बर्ष २०८०/०८१ मा बिद्युत तार र पोलहरु कति परिमाणमा नयाँ जडान गरिएको हो सो को विवरण तथा पुरानो बिद्युत पोल र तार स्टोर गरिएको स्टोरको पत्र तथा गेट ईन आउट भएको जानकारी पत्र समेत माग गरिएको छ ।

यसैगरी कार्यालय प्रमुखको कार्यकक्षमा जान सेवाग्राहीहरुलाई बाहिर बसेका कर्मचारीहरुले रोक्ने गरेको गुनासो बारे सूचना माग गर्दै सूचना मागकर्ताहरुले कार्यालय प्रमुखको कार्यकक्षमा सहायकको रुपमा नियुक्त गरिएका कर्मचारीको नामावली सहितको विवरण माग गरिएको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech