नेपालगन्ज । नाइस अवार्ड २०२४ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई प्रदान गरिएको छ ।
नाइस नेपालगन्जले चौथो नाइस अवार्ड २०२४ नगद १० हजार सहित वलीलाई प्रदान गरेको हो । नाइस नेपालगन्जको अयोजनामा साउन २० गते नेपालगन्जमा आयोजित नाइस अवार्ड २०२४ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले, कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, नाइस अवार्ड २०२२ प्राप्त गर्न सफल सामाजिक अगुवा प्रबेजअली शिद्धिकी, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, नाइस अवार्ड २०२१ प्राप्त गर्न सफल अभिराज क्षेत्री, बास नेपालका अध्यक्ष लुना बुढाथोकी र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।
सात बर्ष शिक्षण पेशा, २ बर्ष सञ्चार माध्यममा जोडिदै २०७७ देखि बाँकेको ग्रामिण क्षेत्रमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र सञ्चालन गरि बालवालिकाहरुको संरक्षणमा क्रियाशिल वली जिवनमा पारिवारिक हिंसाको सामना गर्दै अगाडी बढेकी महिला हुन । समाजमा सत्कर्म गरेर अगाडी बढ्नु पर्छ भन्ने मात्यताका साथ बाल संरक्षण केन्द्र सञ्चालन गरेकी वलीले गरेको साहस र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान बापत उक्त सम्मान प्रदान गरिएको हो ।
अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुकालागि अवार्ड प्रेरणा भएको बताईन । उनले असल कार्य र सत्कर्मका साथ काम गरिरहेका ब्यक्ति वली सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताईन । कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मीले नाईसले गरेको असल काममा सहभागि हुन पाएकोमा खुसी लागेको बताए । उनले समाजका लागि उत्कृष्ट कार्य गरिरहेका वलीलाई गरेको सम्मान धेरैका लागि हौसला र प्रेरणा बन्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि बरिष्ठ पत्रकार झलक गैरेले मानवीय कार्यमा अग्रसर ब्यक्तिलाई नाईस अवार्ड प्रदान गरिनुले समाजमा सकारात्मक सन्देस प्रवाह भएको बताए । उनले सम्मान प्राप्त गर्न सफल तारा वली जस्ता समाजलाई जोगाउने सचेत नागरिकको कामको सम्मान गर्नुपर्नेमा जोड दिए । सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने बताए । उनले वलीले सञ्चालन गरेको बाल संरक्षण केन्द्रलाई सबैले सहयोग र साथ दिनुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले नाइस अवार्ड २०२४ प्राप्त गर्न सफल तारा वलीलाई बधाई ज्ञापन गर्दै नाईसले असल ब्यक्तिलाई छनौट गरेको बताईन ।
नाइस अवार्ड २०२४ ग्रहण पश्चात बोल्दै सम्मानीत तारा वलीले आफुले जिवनमा पाएको पिडाबाट पाठ सिक्दै बाल संरक्षण केन्द्र सञ्चालन गरिरहेका बेला नाईस नेपालगन्जले गरेको सम्मानले सामाजिक कार्यमा लाग्न थप होसला प्रदान गरेको प्रतिक्रिया दिए । आफ्नो जिवनको संघर्ष स्मरण गर्दै सम्मान प्राप्त गर्दा हर्षले आसु खसालेकी वलीले खसेको आसु पुछ्दै ह्सित भएको बताएकी थिईन । आफु रहुन्जेल समाजमा रहेका असहाय बालवालिकाहरुका लागि काम गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरस्तरीय मेलमिलाप समिति संयोजक शिव कुमार बर्मा लगायतको उपस्थिती रहेको थियो ।
नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाईस नेपालगन्जका सदस्य मन भण्डारीले गरेका थिए भने कार्यक्रममा स्वागत नाइस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए । कार्यक्रममा नरैनापुर गाउँपालिका, जानकी गाँउपालिका, बास नेपाल, मंगल प्रशाद माध्यमिक बिद्यालय, भेरी अस्पतालले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।