हेलिकोप्टर राप्ती बगरमा आकस्मिक अबतरण

असल शासन प्रतिनिधि

बाँके/ अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ ।

काठमाण्डौबाट उडेको हेलिकोप्टर नेपालगञ्जमा तेल हालेर बैतडी जाँदै थियो। खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको हो ।

त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ। अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ। हेलिकोप्टरमा पाइलटसहित दुई जना छन् ।

दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको थियो। सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले दुई जना यात्रासहित रहेको हेलिकोप्टर आज सशस्त्र बेसक्याम्प मै रहने जानकारी दिए ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech