नेपालगन्ज उपमहानगर प्रमुख बिहिन !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिका प्रमुख बिहिन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख बाँके बाहिर भएपछी  उपमहानगर प्रमुख बिहिन बनेको हो ।

जानकारी अनुसार प्रमुख प्रशान्त बिष्टले उप-प्रमुख कमरुद्दिन राईलाई आईतवार कार्यबाहक प्रमुखको जिम्मेवारी दिईए पनि कार्यबाहक प्रमुखको जिममेवारीमा रहेका उपप्रमुख कमरुद्धिन राई काठमाडौं गएका छन् । उनले कसैलाई कार्यबाहक नदिँदा उपमहानगर प्रमुख बिहिन बनेको हो ।

उपमहानगरका प्रबक्ता प्रमोद रिजालले उपमहानगर कार्यबाहक प्रमुख बिहिन बनेको जानकारी आफुले प्राप्त गरेको बताए । यस बारे उपप्रमुख राईले आफू कार्यबाहक प्रमुख भएको उल्लेख गर्दै काम बिशेषले अपर्झट काठमाडौँ आएको बताए ।

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech