बास/ब्राईटल्याण्ड युवा पुरस्कार परियारलाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । लुम्बिनी प्रदेशका निबर्तमान सामाजिक बिकास मन्त्री माननीय रत्न खत्रीले तीन वटै तहका सरकारलाई यूवा मैत्री बनाउनु पर्ने बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवस २०२४ को अवसरमा आज नेपालगन्जमा भएको डिजिटल प्रविधिमा युवा, किशोर किशोरीको पहुँच बिषयक अन्तर सम्बाद कार्यक्रम तथा बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननीय खत्रीले सो कुरा बताएका हुन् ।
राज्यले युवाको मनोभावना अनुसार काम गर्नुपर्ने बताउँदै युवाहरुले मात्रै देश बनाउन सक्ने उनले बताए । डिजिटल प्रविधिको सदुपयोग गर्न युवाहरुलाई अनुरोध गर्दै माननीय खत्रीले बदलिएको दुनीयामा सबै बदलीएर काम गर्नुपर्नेमा जोड दिए । आफु सामाजिक मन्त्रीको जिम्मेवारीमा रहेका बेला बाँके बाट प्राप्त युवाहरुका मागहरु सम्बोधन गर्ने गरी केही नीति तथा कार्यक्रम पास गरेको उनले बताए । उनले युवाहरुलाई धैर्यताका साथ काम गर्न अनुरोध गर्दै युवा दिवसको शुभकामना ब्यक्त गरेका थिए ।


यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंहले युवाहरुका समस्या समाधान गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार रुद्र प्रशाद तिमिल्सिनाले आजको युवाले प्रविधिको गुण र दोषका बारेमा बुझेर अगाडी बढ्नुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासँघ बाँके शाखाका सदस्य आशिष बर्माले युवाहरुका माग संसदमा राखिदिन माननीय खत्रीलाई अनुरोध गरे । केयर नेपालका प्रदेश संयोजक उपासना श्रेष्ठले निर्णय प्रक्रियामा युवाको सहभागिता सुनिश्चित हुनुपर्ने भन्दै युवाहरुले आफ्नो जिवनको निर्णय आफै गर्नुपर्नेमा जोड दिईन् ।


बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाहरुको तर्फबाट बास नेपालका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश गैसस महासँघ बाँकेका सदस्य राजन बर्माले गरेका थिए भने डिजिटल प्रविधिमा युवाका बिषयमा भायोनेटका लुम्बिनी प्रदेश संयोजक भानु रेग्मीले प्रश्तुतीकरण गरेका थिए । भने सो बिषयमा युवाहरुका बिचमा खुल्ला छलफल गरिएको थियो ।
बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ सामाजिक कार्यमा सक्रिय युवा सुनिल परियारलाई
बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ बाट मानवीय कार्यमा सक्रिय युवा सुनिल परियारले हासिल गरेका छन् ।
बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष परियारले प्राप्त गर्न सफल भएका हुन् । साउन २८ युवा दिवसको अवसरमा नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच ब्लड डोनेसन ग्रुप (बाँके) का सञ्चालक समेत रहेका सुनिल परियारले सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रात्त गर्न सफल भएका छन् । कार्यक्रममा बिच सम्मान प्रदान लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि माननिय रत्न खत्री लगायत अतिथिहरुले गरेका छन् ।


युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास/ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ को घोषणा गरेका थिए ।
पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननिय रत्न खत्रीले व्यक्तिलाई उसको ईच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताए । परियारको जिवन निकै संघर्षमय भएको भन्दै उनले पाएको सम्मान युवाहरुका लागि अनुसरणीय हुने उनको विश्वास थियो ।
बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ प्राप्त गर्न सफल ब्यक्तित्व परियार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् । कोभिडको दोश्रो लहर शुरु हुँदा नेपालगञ्ज ग्यालरीको प्रभावले उनले रगतको अभाव परिपूर्ती गर्न २०२० जुलाई २० मा ब्लड डोनेसन ग्रुप बाँके खोलेका थिए ।
रक्तदान कार्यक्रम नगरि बिरामीहरुलाई आवश्यक भएको बेला ग्रुपमा रगत दिने गरेको बताउदै हाल सम्म उनको सक्रियतामा सञ्चालीत ग्रुपमा १० हजार २ सय १७ सदस्य रहेको र उक्त ग्रुप मार्फत १ हजार २ सय ८१ प्रिन्ट रक्तदान गरिसकेका छन् । उनको ग्रुप मार्फत हाल एकै ब्यक्तिले ३६ पटक रक्तदान गरिसकेको छ । अन्य ग्यालरी धेरै भए पनि रक्तदानको ग्यालरी नभएको बेला उनले निश्वार्थ रुपमा सञ्चालन गरेको ग्रुपमा रेडक्रसबाट समेत फोन आउने गरेका छन् । २०११ देखि बास युवा पुरस्कारको नामले शुरुगरेको पुरस्कारमा २०१२ देखि ब्राईटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ । यो पुरस्कार २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त के.सी., २०१४ मा शैक्षिक उद्यमी किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा अभियन्ता शवनम प्रबिन, २०१७ मा हरित अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल र २०२३ मा युवा बिनोद थापालाई प्रदान गरिएको थियो ।

  • २९ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech