लाने हो फ्रिडम किट व्याग ?

रमिता शाह

नेपालगञ्ज /२०१५ मा जब नेपालमा भूकम्प गयो, धेरै बिदेशी व्यक्तिहरु नेपाल आए भुकम्प प्रभावितहरुलाई सहयोग गर्न । सोही क्रममा युकेबाट डा. रोजा, डा. इयान र ब्रायन नेपाल आए । उनीहरुले भुकम्प प्रभावित क्षेत्रमा धेरै सहयोग गरे । उनीहरुले एकल महिलाहरुका लागि लागि घर बनाईदिए ।

यसरी घर बनाउँदै गर्दा उनीहरुलाई एक स्थानीयले आएर आएर प्रश्न गरे “तपाईंले ती महिलाहरुको मात्र मद्दत गर्नुभयो, तर यहाँ धेरै महिलाहरू छन् जसलाई तल्लो पेट दुःख्ने समस्या छ, उनीहरुका लागि केही सहयोग गर्नसक्नु हुन्न ? युकेको सहयोग टिम मध्येकी एक रोजालाई यस प्रश्नले चिन्तित तुल्यायो र यो प्रश्नको उत्तर खोजिन्, अरुसँग बुझिन् र थाहा पाईन् धेरै नेपाली महिलाहरु महिनवारी स्वच्छताको अभावमा बिभिन्न रोगको शिकार भईरहेका छन् । त्यहि बेला उनीहरुले काठमाडौंमा बेनी नाम गरेकि महिलालाई भेटे र उनको सुझाव बमोजिम महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाएर बितरण गर्ने योजना बन्यो ।

सोही योजना बमोजिम उनीहरुले महिलाहरुलाई सो पुर्नप्रयोग गर्ने खालको महिनावारी प्याड बनाएर बितरण गरे, महिलाहरुले उक्त प्याड मन पराए । महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले बितरण गरिने कपडाको उक्त प्याडलाई फ्रिडम किट व्याग नामकरण गरियो ।

यसरी अनौपचारिक रुपमा शुरु भएको उक्त अभियानलाई उनीहरुले संस्थागत गरे । युकेमा फर्केर फ्रिडम किट व्याग्स नामक संस्था दर्ता गरे । सोही संस्थाका माध्यमबाट नेपालको दुरदराजमा गएर उनीहरुले उक्त फ्रिडम किट व्याग्स बितरण गर्दै आएका छन् ।

हाले २५ हजार फ्रिडम किट ब्याग वितरण गर्नुका साथै महिला, बालिका र पुरुषहरूलाई महिनावारी स्वच्छदा शिक्षा दिएका छौं फ्रिडम किट व्याग्सकी संस्थापक रोजा मेथेसनले भनिन् –हामीसँग नेपालका विभिन्न स्थानहरूमा ८ वटा एफकेबि केन्द्रहरू छन्, जुन केन्द्रहरुका माध्यमबाट हामीले फ्रिडम किट व्याग्स महिलाहरुलाई निःशुल्क उपलब्ध गराईरहेका छौं ।

फ्रिडम कीट ब्याग्स फ्रिडम किट व्याग्स नेपालकी ब्रान्ड एम्बेस्डर निर्मला श्रेष्ठका अनुसार नेपाली महिलाहरुले फ्रिडम किट व्याग्सलाई औधि मन पराएका छन् ।

के हो फ्रिडम किट व्याग भनेको ?

महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको
छ ।

यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ । पाटेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ ।

पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्ष सम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरण मैत्री छ ।

यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ बर्ष सम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech