सुरेस सुनार असल राष्ट्रसेवक कर्मचारीको रुपमा परिचित छन् । ७७ जिल्लाका प्रजिअ मध्ये सबैभन्दा कान्छा प्रजिअको रुपमा बझाङको प्रमुख जिल्ला अधिकारी हुँदा उनले चर्चा बटुलेका थिए । सुनार विकट जाजरकोटको विपन्न समुदायमा जन्मिएका हुन् ।
देशभरि रहेका १५ सय बढी उपसचिवहरू मध्ये सबैभन्दा कान्छो उपसचिवको रुपमा २९ वर्षको कलिलो उमेरमै सुरेसले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ सालघारी स्थायी घर भएका सुरेस बुवा केशव सुनार र आमा जयाँ सुनारको कोखबाट जन्मिएका हुन् । २०६० सालमा त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटवाट द्धितीय श्रेणीमा एसएलसी पास गरेका सुरेशलाइ इन्जिनियर बनाउने आमा, वुवाको सपना थियो, सो सपना गरिबीका कारण पुरा हुन सकेन । तर मेहनत गर्दै जाँदा सुनार उपसचिव भए ।
जिल्लाकै भेरी ज्ञानोदय क्याम्पसमा अर्थशास्त्र विषय लिएर आइए पढेका उनलाई लोकसेवा तिर चाँसो नभएपनि पछि गएर साथीहरुसँग संगत गर्दै लोकसेवा तर्फ आकर्षित भए । बुवाआमा संग भएको सुन वेचेर ७ हजार रुपैया वोकेर सुर्खेत गएका सुरेसले आइए दोस्रो वर्ष नियमित पढ्न पाएनन् । सुर्खेतमा पढ्दा एक पटक एक सय साठी रुपैयाँले बाह्र दिन सम्म काम चलाएको अनुभव सुरेससँग छ ।
सुर्खेतमा लोकसेवाको तयारी गर्दै २०६३ सालमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटवाट उनले आइए पास गरे । २०६५ सालमा नासु पदमा नाम निकालेका सुरेसले भाइ सुदिपलाइ पढाए, भाईले पनि पछि गएर सरकारी सेवामै प्रबेश गरे । २०६५ सालको चैत्र २ गते घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पामा अस्थायी करार नासुको जागिर पाएका सुरेसले २०६५ कै कार्तिकमा लोकसेवा आयोगवाट नायव सुव्वामा नाम निकालेर जाजकोटमा गाविस सचिवको रुपमा काम गरेका थिए ।
जागिरकै क्रममा क्याम्पस पढ्दै गरेका सुरेसले २०६८ सालमा समाज शास्त्र विषयमा स्नातक तहको पढाइ पुरा गरेर फेरि अधिकृतको तयारी सुरु गरेका थिए । २०६९ सालमा लोकसेवा आयोगवाट अधिकृत पास गरेर सोही वर्षको असोज १७ गते अधिकृत पदको नियुक्ती लिए । अधिकृत भएको दुइ वर्ष पछि जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर गरे । अधिकृत भएको ६ वर्ष पछि गत असार २७ गते २९ वर्षको कलिलो उमेरमै लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव पास गरे । लोक सेवा आयोगले लिएको उपसचिवको परीक्षामा खुल्ला, आन्तरिक र समावेसी सवै तर्फ लेखा, प्रशासन र राजस्व समुहमा एकै पटक नाम निकालेका सुरेसले सुरुमा अन्तरवार्ता प्रशासन समुहको भएकोले त्यसैमा सुरुमै नाम निकाले ।
गरिवी, भौगोलिक विकटता र आर्थिक अभावको अनुभव संगालेका सुरेसकोे लक्ष्य मुख्य सचिव वन्ने रहेको छ । भुकम्प जाँदा जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको सुरेश हाल विधुत विकास विभाग, सानोगौचरण काठमाण्डौंमा कार्यरत छन् । निजामती सेवामा वि.सं २०६९ साल देखि कार्यरत उनले १२ बर्षको सेवा अवधी पार गरेका छन् ।
उनी जहाँ, जहाँ गए, त्यहाँ असल काम गरेर असल छाप छोड्न सफल भएका छन् । सानोश्री ताराताल नगरपालिका बर्दियाको कार्यकारी अधिकृत शाखा अधिकृत पदमा कार्यरत रहँदा उनले साविकमा नगरपालिकाको बार्षिक आय ७, ८ लाख मात्र भएकोमा कर प्रशासन सुधारको सक्रियताले वार्षिक ८०, ९० लाख राजस्व संकलन गर्न सफल भएका थिए । नगरपालिकाको दिर्घकालिन गुरुयोजना निर्माण गरी सोहि योजनाका आधारमा सडक सुधार, विकास निर्माणको व्यवस्थीत तरिकाले सुधार गरेको उनले स्मरण गरे । वि.सं २०७५, २०७६ सालमा बझाङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा उनले जिल्लाकै सबैभन्दा दुर्गम स्थान जहाँ ३, ४ दिन पैदलदुरी साईपाल गाउँपालिका जहाँ हालसम्म सवारी साधन पूगेको छैन । उक्त ठाउँमा गएर नागरीकता वितरण सहितको एकिकृत घुम्ती सेवा प्रदान गरेका थिए ।
एउटा नागरीकता बनाउन सदरमुकाम सम्म ४ दिन सम्म पैदल यात्राकोसमय त लाग्थ्यो नै, २० हजार भन्दा बढि खर्च हुन्थ्यो, उक्त शिविर ३ दिन संचालन गर्दा ५०० बढि स्थानीयहरुले नागरिकता, स्वास्थ्य सेवा, कृषि लगायत सेवाबाट लाभ लिएका थिए । उक्त कार्यको संचालनपछि जिल्लाका विकट र सेवाबाट वंचितिमा परेका क्षेत्रमा अभियानकै रुपमा घुम्तिशिविर संचालन गरी नागरिकका माग, समस्या र आबश्यकताहरु नागरीककै घरदैलोमा सम्वोधन गर्न उनी सफल भएका थिए ।
यसैगरी बझाङ जिल्लामा स्थानीय तह, प्रदेश सरकारबाट संचालित सडक निर्माण कार्यमा डोजरको जथाभावी प्रयोग गरी कानूनी प्रकृया समेत मिचेर एकखालको डोजर आंतकनै खडा गरेको र निर्माण कार्यमा वातावरणीय दायीत्व भ्क्ष्ब्, क्ष्भ्भ् पुरा नगरेको, न्यूनत्तम ईन्जिनियरीङ्ग डिजाईन पुरा नगरेको, जथाभावी सडक निर्माण कार्यले सयौँ घरपरिवारलाई विस्थापीत बनाई विपदका घटना उन्मुख बनाइएको घटनाप्रति जिम्मेवारी र व्यावसायीक ढंगबाट नागरीकको ीषभ, ीष्दभचतथ र एचयउभचतथ को रक्षाको लागि विकासप्रतिको जिम्मेवारी पुरा गर्नपर्छ भन्ने सोचका साथ उक्त कार्यलाइ कानून बमोजिम गर्न, गराउनुका साथै गैरकानूनी सडक निर्माण कार्यमा रोक लगाइ आम बझाङ वासीको मन जित्न उनी सफल भएका थिए ।
समग्र जिल्लाका नागरीकहरुप्रति जिम्मेवार उत्तरदायी पुर्ण तरीकाले कार्य गरेको भनि उक्त जिल्लाबाट सरुवा रमाना हँुदा जिल्लाको सवै पालिकाका नागरीकहरुले बाजागाजा सहितको नागरीक अभिनन्दन सहित सरेशलाई नगर परिक्रमा गराइ विदाइ गरेका थिए । जुन उनलाई अबिश्मरणिय लाग्छ ।
वि.सं.२०७६ सालमा डोल्पा जिल्लामा प्र.जि.अ. को रुपमा कार्य गर्दा कोभिड–१९ को व्यवस्थापनमा समग्र जिल्लाको संकट व्यवस्थापनको नेतृत्व गरी आफ्नो कार्यकालमा कोभिड शुन्य जिल्ला बनाई नागरीकको जीउ, ज्यान र स्वास्थ्य क्षेत्रमा सचेत र प्रतिवद्धभै नेतृत्वदायी भुमिका मार्फत योगदान गरे बाफत उनले सम्माननीय राष्ट्रपतिबाट जनसेवा श्री प्रवल पदक प्राप्त गरेका थिए ।
जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहँदा गत कात्तिक १७ गते (२०८० सालमा) गएको महाविनासकारी भुकम्पमा प्रजिअ सुनार घाइते समेत भएका थिए । उक्त विपदबाट हजारौँ नागरीक र सोही संख्यामा भएको भौतिक संरचनाको क्षतिबाट परेको असर र सोको व्यवस्थापनमा लाग्नुपर्ने पदिय जिम्मेवारी समेत उनले कुशलतापूर्वक निर्वाह गरे ।
भुकम्पबाट घाइते भएका सयौँ व्यक्तिहरुको तत्कालको खोज, उद्दार र उपचारका कार्यको नेतृत्व गर्दै सुरक्षा निकाय, जनप्रतिनिधी, राजनीतिक दल, गैरसरकारी संघसंस्था लगायत सरोकारवाला पक्षहरुसंग समन्वय गर्दै खोज र झण्डै १२ घण्टाभित्र सबै नागरीकको सुरक्षीत उद्दार गरी थप उपचार गर्न क्रमश सुर्खेत र नेपालगन्जमा रीफर समेत गरी नागरीकको जीवन जोगाउन उनले अगुवाई गरे ।
भुकम्पबाट झण्डै ४५ हजार घर परिवारलाई प्रारम्भिक चरणमा एकद्धार प्रणालीबाट राहत सामग्री वितरण कार्यमा सयौँ सहयोगी हात, निकाय, संस्था र तहलाई परिचालन गरी तत्काल राहत वितरण गरेर पीडितहरुलाई मलहम लगाउन उनी सफल भएका थिए । एकद्धार प्रणाली मार्फत वितरण गर्ने भनि गरीएको जाजरकोट जिल्ला विपदकै निर्णयको आधारमा संघ सरकारले निर्णय गरी कार्यान्वयनको पहल भएको थियो । जुन निकै प्रभावकारी र कार्यान्वयन योग्य भनि प्रशंसा समेत भएको थियो । सुरेश जस्तै सबै राष्ट्रसेवकहरु असल हुने हो भने यो देश समृद्ध हुन बेर लाग्दैन । त्यसैले उनी जस्ता पात्रहरुबाट सबैले प्रेरणा लिऔं ।