खुकुरी प्रहारबाट दुई घाईते, चार पक्राउ

असल शासन प्रतिनिधि

खुकुरी प्रहारबाट दुई घाईते, चार पक्राउ

धनगढी/ खुकुरी प्रहारबाट बाँकेमा दुई युवा गम्भीर घाइते भएका छन्।

बैजनाथ गाउँपालिका-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका-२ का २८ वर्षीय सन्दिप बिष्टमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

घाइतेमध्ये मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट छ। बिष्टभन्दा मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। शनिबार बेलुकी ८ बजेतिर राप्ती सोनारी २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए।

घटना सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले अन्य तीन जनाको नाम भने खुलाएको छैन।

  • २ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech