नेपालगन्जमा राष्ट्रिय सूचना दिवस मनाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले १८औं राष्ट्रिय सूचना दिवस मनाएको छ ।
सूचना मागौं, भ्रष्टाचारको अन्त्य गरौं, सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार नारा सहित राष्ट्रिय सूचना दिवस मनाईएको हो ।
नेपालगन्जको बिपि चौकमा सूचनाको हक सम्बन्धिका विभिन्न नाराहरु अंकित प्लेकार्ड सहित युवाहरु बिपि चौकमा भेला भएर सरकार र सरोकारवालाहरुलाई खबरदारी गरेका थिए । सूचनाको हक सबैको सरोकार, सूचना मागौं भ्रष्टाचारको अन्त्य गरौं, सूचना हाम्रो अधिकार : सुशासन र विकासको अधार, पारदर्शि सूचना प्रवाह हुदैन भ्रष्टाचारको भय, सबैको चाहना सूचना मैत्री सेवा प्रवाह लगायतका नारा अंकित प्लोकार्य सहित युवाहरुले सडक सरकारलाई खबरदारी गरेका थिए ।


बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले सूचना हकको अक्षरस पालना हुनुपर्नेमा जोड दिए । सूचनाले पारदर्शिता र जवाफदेहिता प्रबद्र्धन गर्ने भन्दै सबै सरोकारवाला निकायलाई समय भित्र सूचनाको सार्वजनिकिकरण गर्न अनुरोध गरे । सूचनाको हक सम्बन्धी ऐनलाई पूर्ण कार्यान्वयनमा ल्याउन उनले सरकारलाई अपिल गरेका छन् । कार्यक्रममा विभिन्न संस्घ संस्था तथा निकायमा संलग्न युवाहरुको सहभागिता रहेको थियो ।

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech