खड्क रावत
वरिष्ठ बिक्रि प्रबन्धक, आईएमएस
१. तपाईंको जीवनको आदर्श के हो ।
– अनुशासनयुक्त र सामान्य जिवन यापन र तडकभडक रहित जीवन जिउनु मेरो आदर्श हो ।
२. कसको प्रेरणाले तपाईं यहाँ सम्म आईपुग्नु भयो ?
– खासगरी म अहिले जुन क्षेत्रमा छु र जहाँ काम गरिरहेको छु यो क्षेत्रमा लाग्न उत्प्रेरणको श्रोत म मेरा मित्र युवराज जंग शाहलाई दिन्छु र आफ्नो आत्मबल (शेल्फ कन्फिेडेन्स) पनि एक हो । तर अवश्य पनि म मेरो आत्मबलको बिजारोपण बागेश्वरी असलन शासन क्लब (बास) बाट नै हो यसको जस उतिबेलाका मेरा सहकर्मी साथीरुलाई जान्छ ।
३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– कुनै न कुनै माध्यमबाट मानिसले अवश्य पनि समाजलाई कहिँकतैबाट असर त गरिरहेकै हुन्छ चाहे त्यो समाजसेवा होस चाहे त्यो व्यापार व्यवसाय नै किन नहोस । हामीले अहिले टेक्नेलोजी रिलेटेड व्यापारमा आवद्ध भएरका काम गरिरहेकाले समाजालाई टेक्नोलेजिसँग अपडेट गर्न भुमिका निर्वाह गरिरहेका छौ र मेरो हकमा पनि कहिँकतै त्यो जोडिएर आउँछ ।
४. तपाईंको जीवनको अबिश्मरणिय क्षण ?
– मानिसको जीवनमा धरै प्रकारका अविष्मरणीय क्षणहरु हुन्छन् त्यो कुन क्षेत्रमा काम गर्दा हो भन्ने फरक पर्छ । मेरो करियरको शुरुवात बासबाट नै भएको हो । म अहिले जुन क्षेत्रमा निडरका साथ बोल्न सक्छु र तत्काल चित्त नबुझेको कुरामा वहस गर्छु यसको धुरी खाम्बो भनेकै बास हो । खासगरी नेपालगंजको गर्डियनपुरुवामा बास को कार्यालय हुँदा खानै नखाएर ठिक टाईममा कार्ड झुण्डाएर आफुलाई अनुशासनको पाठ सिकाउँथ्यौं त्यो मेरो जीवनको अविष्मरणीय र सिकाईको पहिलो खुडकिला हो र रु. १००० तलब (कम्प्यूटर टाईप) गरे बापत नमस्कार शाह जीले दिएको एकदम यादगर क्षण हो ।
५. तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
– मेरो बुझाईमा अशल शासन भनेको विना झण्झट सर्वसाधारणले पाउनुपर्ने स्ेवा सुविधा प्रवाह गर्नु नै हो । विधिको शासनभित्र रहेर चुष्त दुरुस्त सेवा सविधा प्रवाह नै (सार्वजनिक सेवामा) असल शासन हो ।
६. समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
– आफुले पाउनु पर्ने सेवा सुविधाका विषयमा चनाखो हुनुपर्छ र त्यसको चासो समाजमा रहेका हरेक तह तप्काका मानिसले पाउनुपर्छ भन्ने हो । सार्वजनिक चासोका विषमा सधैं सचेत हुनुपर्छ र कहि कतै भ्रष्टाचार भएको थाह पाएमा किन ? भन्ने बानी बसाल्नु पर्छ र आफुले त्यस्तो परिस्थिति कतै आएको खण्डमा जनता जागरुक गाराउँछु र मध्यस्तकर्ताको भूमिकामा सधैं रहन्छु भन्ने नै मेरो व्यक्तिगत प्रतिवद्धता हो र रहनेछ ।
साथै यहाँहरुको यो शुसाशनको महाअभियानमा कतै न कतै अवश्य जोडिइरहेको महसुस गरिरहेको हुन्छ । तपाईहरुले गरेका राम्रा कामको प्रशंसक भएर तारिफ गर्नु पनि अभियानमा सहभागिता समान नै हो भन्ने मेरो बुझाई हो ।