नेपालगञ्ज ⁄ बास नेपालले आज बिपन्न बालबालिका हरुलाई कपडा बितरण गरेको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा आश्रीत बालबालिकाहरुलाई उक्त कपडा बितरण गरिएको हो ।
तारा वली नेतृत्वको उक्त बाल संरक्षण केन्द्रका १४ जना बालबालिकाहरुलाई टिसर्ट, हाप पेन्ट, ट्राउजर लगायतका कपडा बितरण गरिएको थियो ।
बास नेपालमा लामो समय स्वयंसेवक सल्लाहकारको रुपमा कार्यरत बेलायति नागरिक लुला बेलिनफेन्टेको आर्थिक सहयोगमा सो सहयोग प्रदान गरिएको हो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, जनसम्पर्क अधिकृत माधव कार्की लगायतले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आश्रमकी अध्यक्ष तारा वलिले बास नेपाललाई धन्यवाद दिईन् ।