नेपालगञ्ज ⁄ बास नेपालले बाँकेको राप्ती सोनारी गाउँपालिकामा उपशाखा पुनर्गठन गरेको छ ।
भ्रष्टाचार बिरुद्ध जनमत सृजना गर्दै ७७ वटै जिल्लामा शाखा गठन गरिसकेको बास नेपालले हाल सम्म ४९ वटा पालिकामा उपशाखा पुनर्गठन गरिसकेको छ भने निष्क्रिय उपशाखाहरुलाई पुर्नता दिन पुनर्गठन गर्दै आएको छ ।
सोही क्रममा बास नेपालले आज राप्ती सोनारी गाउँपालिकाका सबै वडालाई समेटेर गाउँपालिकामा उपस्थित भेलाले लामो समयदेखी सामाजिक कार्यमा सक्रिय तारा वलीलाई उपशाखाको अध्यक्षमा चयन गरेको छ ।
९ सदस्यीय उपशाखाको उपाध्यक्ष,सचिव,सहससचिव र कोषाध्यक्षमा क्रमश आषिक परियार,पुर्णकला खत्री, भिमा वली र रमेश कुमार थारु रहेका छन् ।
त्यसैगरी उपशाखाको सदस्यमा अर्जुन दमाई, सम्झना चौधरी, निरा थारु र मिना डाङी रहेका छन् ।
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, बास नेपाल बाँके शाखा अध्यक्ष शोभा थापा मगर, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, बास बाँके शाखा कोषाध्यक्ष शुद्ध प्रशाद चौधरी र जन सम्पर्क अधिकृत माधव कुमार कार्कीको उपस्थितिमा उपशाखा पुनर्गठन गरिएको थियो ।
अध्यक्षमा चयन पश्चात उपाध्यक्ष वलीले आफुले पहिले देखी नै सामाजिक कार्य गर्दै आएकोमा अबका दिन बाट सुशासनको अभियानलाई पनि अगाडी बढाउन दिएको यस जिम्मेवारीलाई पुर्ण रुपमा बहन गर्ने बताईन् ।
त्यसैगरी उपशाखामा चयन भएका पदाधिकारीहरुलाई बधाई दिदै बास नेपालको अभियानलाई सक्रियताका साथ लाग्न गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले सुझाव दिएकी थिईन् ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बमाले संस्थाको बारेमा जानकारीका साथै उपशाखामा चयन भएका पदाधिकारीहरुलाई बधाई दिएका थिए ।
आजै राप्ती सोनारी उपशाखाकी अध्यक्ष तारा वलीले सञ्चालन गर्दै आएको सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा बास नेपाल राप्तीसोनारी उपशाखाको सम्पर्क कार्यालयको उदघाटन गरिएको छ । केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा सहितको टिम र उपशाखा पदाधिकारीहरु द्धारा सम्पर्क कार्यालय उदघाटण गरिएको हो ।