काठमाण्डौंमा पब्लिक स्पिच नेपालको सेमिफाईनल हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल संघिय राजधानी काठमाण्डौंमा शनिबार हुने भएको छ ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।

यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ गर्दैछ ।

प्रतियोगिता तिन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट २०० बढि सहभागिहरुले भाद्र १५ गते भित्र तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामाग्री आयोजकलाई उपलब्ध गराएका थिए ।

अडिसन राउण्डबाट १०३ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले शनिवार संघिय राजधानि काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा हुने सेमिफाईनल राउण्डका लागि सहभागिता जनाउनेछन् भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरु भाद्र २९ गते हुने फाईनल राउण्डमा सहभागि हुनेछन् । सेमि फाईनल र फाईनल राउण्डमा प्रतियोगिले आयोजकले दिएको बिषयमा आफ्नो बक्तव्य दिनेछन् ।

यसरी फाईनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागिले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राव्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गर्नेछ ।
सेमिफाईनलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

हेमराज भट्ट
सुचना अधिकारी, बास

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech