देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर हनु पर्ने मन्त्री शाहीको भनाई

पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल शुरु

असल शासन प्रतिनिधि

काठमाण्डौं/ नेपाल सरकारका बन तथा बाताबरण मन्त्री ऐन बहादुर शाहीले देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनु पर्ने बताए ।

बास नेपालको आयोजनामा संघिय राजधानी काठमाण्डौंमा शनिबार भएको पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

मन्त्री शाहीले देश बिकासका लागि सधैं युवाहरुको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवा पुस्ता अघि सरेमा देशको प्रगति, समृद्धि हुन ढिलाई नहुने बताए ।

देशमा लोकतन्त्रमा, गणतन्त्र ल्याउनका लागि राजनीतिक दलका नेताहरुले जेल, नेल भोगे, जीवन समर्पित गरे, तर आज तिनै नेताहरुलाई गाली गरेर नेताहरुबाट केही पनि काम भएन भाष्य निर्माण भईरहेको छ – मन्त्री शाहीले भने– केही गल्तिहरु नेताहरुबाट भयो होला तर सबै नराम्रो भए, बर्बादै भयो भन्ने तर्फ जानु हुँदैन ।

देश बिकासका लागि बर्तमान सरकार प्रतिबद्धताका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री शाहीले जलबायु परिवर्तनको असरका कारण हिमश्रंखलाहरु सुक्दै गएको, हिम तालहरु फुट्दै गएको बताए र भने जलबायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै आआफ्नो ठाउँबाट लागौं ।

युवाहरुको क्षमता बिकासका लागि पब्लिक स्पिच नेपाल कार्यक्रम महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय डाक्टर धवल शमशेर राणाले युवाहरुको बौद्धिक क्षमताको बिकासका लागि पब्लिक स्पिच नेपाल सार्थक हुने बताए । यस्ता कार्यक्रमहरुले लामो बोल्दा ठूलो भईन्छ भन्ने मानसिकता हटाएर तर्क सहित संक्षेपिकरण गरेर मन्तव्य व्यक्त गर्दा असल बक्ता भईन्छ भन्ने सन्देश पनि जाने उनले बताए ।

कार्यक्रममा ह्याण्डिक्याप ईण्टरनेशनलका राष्ट्रिय निर्देशक बिरेन्द्र ठगुन्ना, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा युथ एडभोकेसी नेपालका पूर्ब अध्यक्ष नरेन खतिवडा, अध्यक्ष गणेश धामी, बाग्मती सरसफाई अभियन्ता चक्र बहादुर चन्द, लेखक, साहित्यकार कृष्ण अविरल, किशोर डंगोल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम बारे जानकारी गराएका थिए ।

राष्ट्रिय अपाँग महासंघ नेपालका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकि थिईन् ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।
यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ गर्दैछ ।

प्रतियोगिता तिन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट २०० बढि सहभागिहरुले भाद्र १५ गते भित्र तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामाग्री आयोजकलाई उपलब्ध गराएका थिए ।

अडिसन राउण्डबाट १०३ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले शनिवार संघिय राजधानि काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा भईरहेको सेमिफाईनल राउण्डका लागि सहभागिता जनाईरहेका छन् भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरु भाद्र २९ गते हुने फाईनल राउण्डमा सहभागि हुनेछन् ।

यसरी फाईनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागिले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राव्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरिरहेको छ ।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech