नेपालमा धार्मिक तथा ऐतिहासिक स्थानहरु मध्य लुम्बिनी क्षेत्र पनि महत्वपूर्ण स्थान हो । यो कपिलवस्तु जिल्लाको तिलौराकोट स्थानमा पर्दछ । आज भन्दा २६०० बर्ष पहिले यसको निर्माण भएको हो । यस ऐतिहाँसिक सम्पदा भगवान गौतम बुद्धको जन्मथलो को रुपमा बिश्वमा परिचित रहेको छ ।
साथै विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य स्थल बनेको छ ।
लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरु उजागर गर्दछन् ।
प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक पिल्लरका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारक शिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाईएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरुको भ्रमण समेत गरे ।
प्राप्त ऐतिहासिक तथ्यहरुका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् ।
सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी गुमनाम रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोईस फुहरले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे ।
१९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन, संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ । विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भईसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी एक यस्तो स्थल भएको छ जसको महत्व प्राचीन कालदेखि अहिलेसम्म निरन्तर बढ्दै गएको छ । प्राचीन कालमा राम्रो चिनारी पाएको लुम्बिनीमा राजा शुद्धोदनका छोराको रुपमा सिर्द्धार्थको जन्म भएपछि त्यसको महत्व अरु बढ्यो । मानिसहरु त्यस ठाउँबाट आउँदा–जाँदा राजाको छोरा जन्मेको ठाउँ भनेर देखाउने गर्दथे ।
सिद्धार्थले महामिनिस्क्रमण गरेपछि मानिसहरुले जंगलमा जन्मेका राजाको छोरा जंगलमै गए भनी त्यस ठाउँलाई सम्झने गर्दथे । उनले बुद्धत्व प्राप्त गरेपछि त्यस ठाउँको महत्व अरु बढ्यो । मानिसहरुले त्यसलाई पवित्रस्थलको रुपमा लिन थाले । आफ्नो उत्तरार्धमा जब उनले चार संवेजनीय स्थलमध्ये लुम्बिनीको नाम लिए तब त्यसको महत्व अरु बढेर त्यसले तीर्थस्थलको रुप लियो ।
मानिसहरुले त्यो तीर्थस्थलमा दर्शन गर्न सजिलो होस् भनेर चारैतिर ढुङ्गाहरु राखेर चैत्य जस्तो बनाएर त्यसको माथि एउटा ढुङ्गा राखे । त्यही ढुङ्गालाई हामी मार्कर स्टोन भन्दछौं । त्यसको २५० वर्षपछि भारतका सम्राट आएर त्यही ढुङ्गालाई देखाएर सिद्धार्थ जन्मेको स्थान भनी ढुंगाको अग्लो स्तम्भ गाडे र त्यसमा बुद्ध जन्मस्थल यही हो भनी अंकित गरी लेखे ।
लुम्बिनीमा ध्यान गर्न आउनेको संख्या बढ्यो । तीर्थ यात्रीहरुको संख्या बढ्यो । त्यहाँ बस्ती बस्यो । त्यसरी आउनेहरुमा चिनीया यात्रीहरु पाँचौं शताब्दीका फाहियान र सातौं शताब्दीका हुयन साङ विशेष उल्लेखनीय छन् । १४ औं शताब्दीमा कर्णाली राज्यका राजा रिपु मल्ल पनि आएका थिए । त्यसपछि लुम्बिनीको महत्व झनै बढ्न थाल्यो ।
१८९६ ईतिहाँस पुर्बमा पाल्पाका वडाहाकिम खड्ग शमसेर र जर्मनका पुरातत्ववेत्ता डा ए फुहरले अशोक स्तम्भ पत्ता लगाएपछि यसको महत्व निरन्तर बढ्दै गएको थियो । शुरुमा भिक्षु धम्मालेक र भिक्षु अनिरुद्धले त्यसको संरक्षण गरे भने पछि विमलानन्द भिक्षुले लामो समय सेवा गरे । १९६७ इ. मा राष्ट्र संघका महासचिव उथान्त आएपछि लुम्बिनीको काँचुली फेर्न शुरु भएको हो ।
लुम्बिनी गुरु योजनाले मूर्तरुप लिएको छ । धार्मिक एवम् भौतिक रुपले लुम्बिनी दर्शनीय भएको छ । युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । विभिन्न राष्ट्र र बौद्ध संघ संस्थाहरुले आ–आफ्नै वास्तु शैली अनुसार विहार, गुम्बा, चैत्यहरु निर्माण गरेका छन् । निर्माणको क्रम जारी छ भने दर्शनार्थीहरुको संख्या प्रत्येक दिन महिना बढ्दो छ ।
भैरहवाको गौतमबुद्ध विमानस्थलको स्तरोन्नति भएपछि दर्शनार्थीहरुको संख्या द्रूत गतिले बढ्ने अनुमान छ । राष्ट्रसंघका निवर्तमान महासचिव वान कि मूनको अवधारणा अनुसारको योजना कार्यान्वयन भएमा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाको पनि काँचुली फेरिनेछ । तर त्यसलाई सरकारले वास्ता गरेको छैन । त्यो योजना कार्यान्वयन गरिएमा लुम्बिनीको महत्व आजभन्दा भोलि अरु बढ्ने छ ।
नेपाल सरकारले यो लुम्बिनी क्षेत्रलाई सरक्षणको लागि विभिन्न प्रयासहरु गर्न जरुरी देखिन्छ । अन्तर्राष्ट्रिय पर्यटन स्थलको रुपमा बिकास हुने र धेरै युवाहरूले रोजगारका अबसरहरु प्राप्त गर्न सक्नेछन् । ब्यापार र ब्यवसायलाई पनि प्राथमिकता दिन सकेमा थुप्रै बिदेशी मुद्रा आर्जन गरि देशको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।