गैसस क्षेत्रलाई तीन तहकै सरकारले उपेक्षा गरिरहेको आरोप

असल शासन प्रतिनिधि

बाँके/ गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदीले गैसस क्षेत्रलाई तीन तहकै सरकारले उपेक्षा गरिरहेको आरोप लगाएका छन् ।

गैर सरकारी संस्था महासंघ नेपालको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न नागरिक संघसंस्था तथा सरोकारवाला निकायहरु बीच प्रदेश स्तरिय नीति सम्वाद कार्यक्रममा केन्द्रीय अध्यक्ष सुबेदीले सो आरोप लगाएका हुन् ।

अध्यक्ष सुबेदीले देशको समग्र बिकासका लागि गैससहरुले निर्वाह गरेको अतुलनिय योगदानलाई कदर नगरि सरकार गैससहरुलाई कमजोर बनाउन उद्यत भएको बताए । उनले गैससमैत्री बाताबरण नबनाए गैसस महासंघ नेपाल आन्दोलनमा जाने बताए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तथा पूर्ब मन्त्री दुर्गा थारु, कृष्णा केसी नमुना र भण्डारीलाल यादवले गैसस क्षेत्रका योगदानको सरकारले जहिले कदर गर्नु पर्ने बताउँदै गैससका सवालहरु सम्बोधन गर्नका लागि आफुहरु तयार रहेको बताए । लुम्विनी प्रदेशबाट गैससहरुका समस्या समाधान गर्नका लागि आफुहरु तयार रहेको उनीहरुको भनाई थियो ।

गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले गैसस क्षेत्रका स्थानीय सवालहरुका बारेमा कार्यपत्र प्रश्तुत गरेका थिए ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय महासचिव अर्जुन भट्राई, निबर्तमान केन्द्रीय अध्यक्ष जितराम लामा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरंग लगायतले बोलेका थिए ।

कार्यक्रममा गैससका स्थानीय सवालहरुका बारे फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकी, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, अपाँगता अधिकारकर्मी टेकराज जैशी, निःशुल्क लागु औषध पुर्नस्र्थापना केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, गैसस महासंघ नेपाल बर्दियाकी अध्यक्ष प्रिज्मा थारु, दलित गैसस महासंघ नेपालका लुम्विनी प्रदेश अध्यक्ष दिल बहादुर परियार, समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापा लगायतले बोलेका थिए ।

महासंघका लुम्विनी प्रदेश सदस्य शंकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके शाखाको कोषाध्यक्ष रमेश सिटौलाले स्वागत गरेका थिए ।

  • २५ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech