आफुलाई नखोज्नु भन्दै नविन बेपत्ता

ललिता मलाती

भारत/ बाजुराका १५ वर्षिय निर्मल बिकले एउटा नोटमा आफुलाई खोज्ने प्रयास नगर्नु भन्दै बेपत्ता भएका छन् ।

बाजुरा जिल्ला बुडीगंगा नगरपालिका वार्ड नं १० बदेडा घर भएका निर्मल बिक ले एउटा नोटमा, आफ्नो दाजु र आमाबुवालाई मलाई खोज्ने प्रयास नगर्नु भन्दै बेपत्ता भएका छन् ।

अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई पारश विकले जानकारी दिएका छन् । निर्मलको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा खवर गरिसकेको बताईएको छ ।

महेन्द्रनगरमा कोठाबाट बेपत्ता भएका निर्मल भीम लुहार र आमा धनकला लुहारका छोरा हुन् ।

उनि विगत ९ वर्षदेखि आफ्नै दाजु निरज विकसंग महेन्द्रनगरमा बस्दै आएका थिए । भदौ २२ गते कोठाबाट वेपत्ता भएका निर्मलले एउटा कागजमा अंग्रेजी भाषा मार्फत उल्लेख गर्दै आफ्नो कोठामा मलाई नखोज्नु होला, म ठुलो र राम्रो मान्छे बनेर मात्र फर्केर आउछु भन्दै चिठी समेत लेखेर कोठामा छोडेको भेटिएको छ ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech