स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक

असल शासन प्रतिनिधि

सुर्खेत/ पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र  इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा भदौ २६ गते पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरिएको हो ।

बैठकबाट शिक्षामा अपाङ्गमैत्री शौचालय नहुनु, बिध्यालय स्तरमा खानेपानीको कमि, बिषयगत शिक्षकको कमि, किशोरिहरुलाई मनोपरामर्सको कमि, प्रत्येक स्कुलमा प्राथमिक उपचारको व्यबस्थापन र स्कुलहरुमा स्टेचरको व्यबस्थापन नहुनु लगायतका समस्या पहिचान गरिएको थियो ।

त्यस्तै स्वास्थ्यमा सुगर, प्रेसर, दम र छाला सम्बन्धि रोगको लागि स्वास्थ्य केन्द्रहरुमा समय भित्र औषधी उपलब्ध नहुनु, स्वास्थ्य केन्द्रमा अपाङमैत्री शौचालय नहुनु र खानेपानीको समस्या समुदाय स्तरमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु नहुनु र बोतलमा भएको पानी पिउदा क्यान्सर रोग बददै जानु
स्वास्थ्यमा अनुगमनको कमी, स्वास्थ्य बीमा बारे अझै पनि नागरिकमा जानकारी नभएको, बजेटको अभाव र खरिद प्रक्रियामा समस्या जस्ता विषयहरु बैठकबाट पहिचान भएको इन्सेकका फोकल पर्सन ललिता बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार वातावरण संरक्षणमा प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा कमी, डमि्कन साइड को व्यवस्थापन नहुनु , बजार परिसर भित्र डस्टविन को व्यवस्थापन नहुनु,वृक्षारोपण गरिसकेपछी अनुगमन र सरक्षणको कमिकमि,अनावश्यक डोजरको खनाई बाट पानीको मुहान सुक्दै जानु भुक्षय हुनु र डढेलो नियन्त्रण का लागी अग्नि रेखाको व्यवस्थापन नहुनु र सिँचाई कुलाको पानीमा जथाभावी फोहोर फाल्दा खेतमा गएर खेत रुखो भएको जस्ता समस्याको पहिचान भएको छ ।

त्यसैगरी विभेदका सवालमा मुख्य समस्याको रुपमा छाउपडी प्रथाका कारण बालबालिका माथि नै हिंसा हुने, अझै पनि विवाह व्रतबन्ध जस्ता सामाजिक कार्यमा विभेद हुने गरेको, महिला हिंसा, घरेलु हिंसा र बालविवाह जस्ता पालिका स्तरमा रहेका विभिन्न शीर्षकमा समस्या पहिचान गरिएको छ ।

बैठकबाट पहिचान भएका समस्याहरुलाई मानव अधिकार समूहले जुन निकायसँग सम्बन्धित समस्या हो, त्यो निकायलाई जवाफदेखि बनाउनका लागि ध्यानाकर्षण गर्नेछ ।

बैठकमा मानव अधिकार समूहका पदाधिकारी, सम्बन्धित निकायका शाखा प्रतिनिधित्वहरु, बाल अधिकार समुहक अध्यक्ष को सहभागिताबाट समस्या पहिचान गरिएको थियो । इन्सेक सुर्खेत जिल्ला फोकल पर्सन ललिता विकले बैठक सञ्चालनको सहजीकरण गर्नुभएको थियो ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech