महाभारतको युद्धमा सुर्य पुत्र कर्णको जब मृत्यु भयो। उहाँ स्वर्ग बास हुनुभयो । कर्ण त्यस समयका सबैभन्दा दानी ब्याक्तीको रुपमा प्रख्यात हुनुहुन्थ्यो ।
स्वर्गका राजा इन्द्रले उहाँलाइ भोजनको लागि हिरा,सुन ,चादी जस्ता द्रब्यहरुको ब्यन्जन पस्केर अगाडि राखि दिनुभयो । कर्णले किन यसोगरेको हो भनेर जबाफ दिदा !
पृथ्वी लोकमा हुदा तिमिले अन्न दान नगरेको हुनाले यहाँ पनि तिम्रो लागि भोजन यहि भयो,भनेर राजा इन्द्रले जबाफ दिनुभयो।यसो भनिरहदा कर्णलाइ आफुले गरेको गल्तिको प्रास्चित भयो। उनले आफुलाइ पुनः पृथ्वी लोकमा छोडिदिन आग्रह गरे। राजाले पनि त्यही गरिदिएब। किनकी आफुले अन्न दान गरेर सिध्याउने बित्तिकै फर्किने बाचा गर्दै पृथ्वी लोकमा गए ! त्यहा भएका सबै पशुपन्क्षी जीव जनावर लगाएत सबै मनुस्यलाइ अन्न दान गरि भोजन गराए !
आफ्ना सबै पृतिहरुको उद्घार गराए।सो कार्य गर्न जम्मा १६ दिन लाग्यो।त्यो दिन देखि बर्षको १६ दिन पृतीहरुको लागि सरार्द कर्म गर्न सुरु भएको मानिन्छ। त्यस दिन देखि यमराजले पनि पृतिलाइ १६ दिन सम्म पृथ्वी लोकमा यमलोकको द्वार खुल्ला गरिदिने बिश्वास रहेको छ। सबै पृतिहरु आफ्नो-आफ्नो घरमा जाने चलन शुरूवात भयो।
आफ्ना पृतिको लागि एकदिन भएपनी श्वर्दाका साथ मीठो मीठो अन्न पकाइ आफ्ना पृती देवतालाइ खुसि बनाउने परम्परा चल्दै आयो ।त्यसदिन ब्राह्मणहरुलाइ दान दक्षिण गरि पुण्य कर्म गर्न थालेको पाइन्छ। यदि यस समयमा पृतिलाइ नसम्झने,अन्न दान नगर्ने गरेमा पृतीहरुले सराप्ने गर्दछन भन्ने पुर्बजहरुको भनाइ रहेको छ ।
श्वर्दाका साथ पुण्य कर्म गरेमा गृहमा शान्ती हुने,धन दौलतको वृद्धि हुने सन्तानहरु असल हुन्छन भन्ने पौराणिक बिश्वास रहिआएको पाइन्छ।