बाँसगढीका ४ बिद्यालयका असहाय बालबालिकारुलाई शैक्षिक सामाग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बाँसढगढी नगरपालकिा वडा नम्बर ७ र ८ का १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

स्विजरल्यान्डका नागरिक डा. पाउलोको आर्थिक सहयोगमा असाहय बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले १० जना बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको उक्त परियोजनाका नेपाल स्थित कोर्डिनेटर राघव कार्कीले बताए ।

सामुदायिक बिद्यालयतर्फ बालबालिका र अबिभावकहरुको ध्यान केन्द्रीत गर्दै बुवा, आमा नभएका असहाय बालबालिकाहरु, जो आर्थिक स्तर कमजोर भएका बालबालिका छन्,जो शैक्षिक सामाग्रीकै अभावले बिद्यालय पुग्न सकिरहेका छैनन् उनीहरुलाई केही सम्म भएपनि राहत होस भन्ने उद्धेश्यले सहयोग गरिएको कोर्डिनेटर कार्कीले बताए । पहिलो चरणको कार्यक्रम अन्तर्गत श्रावण महिनामा ११ जना बालबालिकाहरुलाई सहयोग गरिसकेको उनले थपे ।

बर्दियाको बाँसगढी नगरपालिका ७ मा सहयोग गर्ने गरी शुरु गरिएको उक्त कार्यक्रममा वडा भित्रका सबै टोल बाट गरि ३३ जना बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ पहिलो चरणमा ११ जनालाई सहयोग प्रदान गरिएको थियो भने यस पटक १० जना बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । कक्षा १ देखी १० सम्म अध्यण गर्दा सम्म हरेक बर्ष उनीहरुलाई शैक्षिक सामाग्री सहित स्कुल युनिफर्महरु प्रदान गरिनेछ । शैक्षिक सामाग्रीहरुमा कापी, कलम, पेन्सिल, ज्यामिती बकस, कलर पेनसिल, स्कुल युनिफर्म २ जोर, स्कुल जुत्ता मोजा २ जोर, टाइ, बेल्ट, खेलकुद जुत्ता मोजा १ जोर र स्कुल ब्याग १ थान बितरण गरिएको थियो । १० जना बालबालिकाहरुमा वडा नम्बर ७ अन्तर्गत भृकुटी माबि डेउढाकलाका ५ जना, वडा नम्बर ८ स्थित त्रिभुवन माबि ककौराका ३ जना, दशरथ चन्द आधारभुत बिद्यालयका १ जना र पुर्णहिरा माबि लक्षणाका १ जना बालबालिकाहरु रहेका छन् ।

उक्त परियोजनाका नेपाल स्थित कोर्डिनेटर राघव कार्कीको समुपस्थितीमा बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्की, बास नेपाल डेउढाकला ईकाई अध्यक्ष बिष्णु देबि राना र स्थानिय बिष्णु काफ्ले, स्थानिय समाजसेबी बिष्णु कुमार रावत, त्रिभुवन माबि ककौराका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु रानाको समन्वयमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech