गणतान्त्रिक आन्दोलनका सारथीहरुलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपाल भारतको गणतान्त्रिक आन्दोलनको समयमा उल्लेखनीय भुमिका खेलेका बिभिन्न बिधाका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

भारत मध्य प्रदेशको राजधानी भुपालमा अखिल भारत नेपाली एकता मंच केन्द्रिय समितीको आयोजनामा आयोजित जनसभा तथा जनवादी साँस्कृतिक कार्यक्रममा सम्मान गरिएको हो ।

प्रबासमा रहेर बिभिन्न कार्यक्रम गर्दै आएको उक्त मंचले आन्दोलनको समयमा उल्लेखनीय भुमिका खेल्नु हुने पत्रकार, उद्योग ब्यपारी, शिक्षा, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय भुमिका खेल्दै आएका ब्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु लाई कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रका महासचिव देव प्रशाद गुरुङले खादा माला र शिलापत्र प्रदान गरेर सम्मान गरेका थिए ।

सम्मान हुने ब्यक्तिहरुमा वरिष्ठ पत्रकार लज्जा शंकर हरेनेनिया, शैलेन्द्र शैलीका प्रमोद प्रधान’ कैलाश आदमी प्रधान सम्पादक’ दैनिक निर्दलीयका विजय’ एवं व्यापारी डोलराज गैरे’ सागर गैरे फास्टफुड विष्णु शर्मा’ रामु शर्मा’ गणेश पाण्डे’ स्वास्थय क्षेत्रमा महत्वपुर्ण योगदान दिने लोकमणि घिमिरे’ रामु घिमिरे’ इन्टरनेशनल खेलाडी गोल्डभेड लिस्टर लक्ष्मण गुरुङ्ग’ आसा रोका र खेलाडी हरु मेहर सिंह, हुम प्रसाद डुम्रे’ लक्ष्मण शाही’ हरी नारायण गिरि, पत्रकार ललिता मलाती रहेका छन् ।

कार्यक्रमलाई रोचक बनाउन जनवादी गायक झंकर बुढामगरले रोचक प्रस्तुति दिएका थिए भने भारतका विभिन्न राज्य समितिका कलाकारहरु बाट विविध सांकृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रिय समितीका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन एकता मन्चका महासचिव सितल मलातीले गरेका थिए ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech