बिद्युत प्राधिकरणका पोल खोलै भरी

ठेकेदारले मापदण्ड बिपरित पोल गाडेको भन्दै चौतर्फी बिरोध

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपाल बिद्युत प्रधिकरणको केन्द्रीय प्रशारण लाईन जडान कार्यमा लापरबाही भएको गुनासो आएको छ ।

नेपाल बिद्युत प्रधिकरण अछामको सब स्टेशन कमलबजार बाट कालिकोट जोड्ने बिद्युत प्रशारण लाईनको काम धमाधम अगाडी भैरहेकोमा बिद्युत पोल गाड्ने क्रममा लापरबाही तारिकाले मुलिबाट आउने खोला र कुईका बाट आउने खोला मिलेर बनेको बेलखेत खोलाको बिच बाटै गाडिएको र स्थानिय बासीहरुले त्यसको बिरद्धमा आवाज उठाउँदा पनि ठेकेदाले नसुने पछि स्थानियहरु असल शासन मिडिया समक्ष पुगेका छन् ।


नेपाल बिद्युत प्राधिकरण कालिकोटले आबश्यक सामाग्री प्रधिकरणले नै खरिद गर्ने सहमतीमा पोल गाड्न र तार तान्न मात्र भनेर पानस कन्ट्रक्सन लाई भ्याट सहित १९ लाखमा ठेक्का दिएको र कमलबजार बाट बग्ने बेलखेत सम्म बगने ठारो खोलाको बिच भाग बाट पोलहरु गाडिएको छ । उक्त खोला बर्षाको समयमा खोला बढेर आउँदा बर्षेनी खोला वारीपारिका खेतहरु कटान गर्नुका साथै धेरै क्षती पुरुयाउदै आएको छ । सोही खोलामा यसरी बिद्युत प्राधिकरणका पोलहरु मापदण्ड बिपरित गाडिदा आउँदो बर्षातमै प्राधिकरणको लगानी बालुवामा पानी हुने पक्का छ स्थानिय गुनासो छ । खोलाको बिच भागमा लहरै पोल गाडेर खोलामा रहेको झोलङे पुल माथिबाटै तार तानेपछि पुलमा छोईएर खतरा हुने देखिन्छ ।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकाल स्वयं आफै सोही ठाउँबाट आहोर दोहोर गर्दा ति पोलहरु मापदण्ड अनुसार जति गाड्नु पर्ने हो ( पोलमा रातो चिन्ह लगाएको ) त्यति नगाडिएको देखेपछि ठेकेदार सँग सम्पर्क गर्दा खोलाको केही ठाउँमा ढुङ्गा भएकाले मापदण्ड अनुसार गाड्न नसकिएको जवाफ दिएको र पछि स्थानिय हरुले मलाई फोन गरेर अरु ठाउँमा पनि त्यसै गरिएको गुनासो आएकाले तत्कालै ठेकेदार र बिद्युत प्राधिकरणसँग समन्वय गरेर समस्याको समाधान गर्ने बताए ।

कमलबजार देखी कालिकोट सम्म १८० वटा बिजुलीका पोल गाड्ने योजनाका साथ काम सुचारु भई सम्पन्न नहुदै सामाजिक सञ्जाल भरी बिरोध आएपछि कमल बजार स्थित सबईस्टेशनमा सम्पर्क गर्दा उक्त कुरा आफुलाई जानकारी नभई बिद्युत प्राधिकरण अछाममा सम्पर्क गर्न सुझाव दिनछन् ।

नेपाल बिद्युत प्रधिकरण अछामका प्रमुख हिक्मत बहादुर बिसी सँग बुझ्दा सत्य तथ्य कुरा बिद्युत प्रधिकरण कालिकोट र सुर्खेत लाई जानकारी हुने बताए । प्रमुख बिसी भन्छन् उक्त खोलाको वारीपारी जमिनवालाहरुले आफ्नो जमिनमा पोल गाड्न बिरोध जनाएकाले पनि त्यसो गरिएको हुन सक्छ ।

नेपाल बिद्युत प्रधिकरण कालिकोटका प्रमुख हरेन्द्र यादव सँग बुझ्दा यदि यो कुरा सहि हो भने ठेकेदार सँग भनेर तत्कालै सच्याउछौं । हामीले पोल गाड्न र तार तान्न ठेक्का दिएपछि सो कार्य सुचारु भएको थियो तर खोलाको बिचमै पोल गाडिएको आफुलाई जानकारी नभएकाले आफु तत्कालै उक्त ठाउँमा पुगेर समस्याको समाधान गर्ने असल शासन प्रतिनिधि सँग बताए ।

यस बारे ठेकेदार कम्पनी पानस कन्ट्रक्सनका पदम साउँद सँग बुझ्न खोज्दा उनले फोन रिसिभ गरेनन् ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech