६ प्रश्नमा गणेश धामी

माधव कार्की

गणेश धामी
अध्यक्ष, युथ एड्भोकेसी नेपाल

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०७० सालमा जिल्ला प्रशासन कार्यालय काठमान्डौमा दर्ता भएर स्थापनाकाल देखि लोकतन्त्र, मानब अधिकार, सामाजिक न्याय, युवा अधिकार, महिला सशक्तिकरण , जलबायु न्यायका पक्षमा नीतिगत बहस पैरवी गर्दै अभियानमुखी कार्यक्रमहरु गर्दैै आएको एक गैरसरकारी सामाजिक संस्था हो युथ एडभोकेसी नेपाल । संस्थाले रास्ट्रिय युवा नीति २०७२ तथा भिजन युथ २०२५ बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ भने राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा युवाहरु बीच विभिन्न चरणमा अनुभब आदान प्रदान गर्दैआएको छ । हालै मात्र सम्पन्न बिश्व सामाजिक मंच सफल बनाउन तथा अन्तरदेशीय युवा समेलनको नेतृत्वदायि भूमिका निर्बाह गरेको थियो । साथै संस्थाले युवा हरुको क्षमता अभिबृद्धी र समसामयिक बिषयबस्तुमा छलफल मार्फत सचेतना जगाउने काम गर्दै आएको छ । संघिय राजधानी काठमान्डौंमा केन्द्रीय कार्यालय रहेको यस युथ एड्भोकेसी नेपालले सात वटै प्रदेशमा प्रदेश समितिहरु गठन गरेको छ भने प्रदेश समिति बाटै त्यस अन्तर्गतका जिल्लाहरुमा बिभिन्न अभियानमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा केही जिल्लामा समेत संस्थाको जिल्ला समिति गठन गरेर अभियान चलाईरहेको छ । युवाहरुलाई सामाजिक कारणहरु र अभियानका लागि वकालत गर्न आबश्यक प्रशिक्षणका सथै स्रोतका साथै अवसरहरु प्रदान गर्नुका साथै न्यायपुर्ण,लोकतात्रिक र समाबेशी समाबेशी समाजको निर्माण गरी सिमान्तकृत समुदायको मानव अधिकारको सम्मान र संरक्षण गर्न बिभिन्न अभियानमुखी कार्यक्रम गर्दै आईरहेको छ । सामुदायिक शिक्षा, स्वयंसेवा परिचालन, जलबायु न्याय र युवा सशक्तिकरणका बिषयमा पुस्तक निकालीसकेको र अन्तराष्ट्रिय युवा दिवस २०२४ को अवसरमा युवा सशक्तिकरण सम्बन्धमा नेपाल युथ जर्नल पुस्तक प्रकाशन गर्ने तयारीमा रहेका छ ।

२. यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– स्थानीय तह देखि संंघिय सरकार, रास्ट्रिय मानब अधिकार आयोग, गैरसरकारी संस्था, अन्तरास्ट्रिय गैरसरकारी संस्था हरु संग तथा नागरिक समाज सँग सहकार्य गर्दै आएको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– युवा, महिला सिमान्तकृत वर्ग तथा समुदायका लागि सबै प्रदेशमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– उल्लेखित कार्यहरुमा भन्नुपर्दा रास्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ मा बनाउने सन्दर्भमा, रास्ट्रिय अन्तरास्ट्रिय युवा बीच ज्ञान आदानप्रदान गर्ने कार्यमा हामी सफल भएका छौं, निर्बाचन परिवेक्षणको जिम्मेवारी प्राप्त गर्ने काम भयो, मानब अधिकार महाभेला संयोजन गर्न सफल भएका छौं, स्वयंसेवा नीति बनाउन सफल भएका छौं भने स्वैछिक रास्ट्रिय समिक्षा तथा बिश्व सामाजिक मंचको सम्मेलन सम्पन्न र युवा सशक्तिकरण गर्ने काम भएको छ ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सबै भन्दा पहिले त पछिल्लो समयमा संसार भर ऋष्खष्अ कउबअभ कम हुदै गएको छ जसबाट नेपालका नागरिक संगठन समेत मर्कामा परेका छन् भने अर्को तर्फ नागरिक संस्थाहरुलाई राज्यले हेर्ने दृष्टिकोणका कारण पनि चुनौतीका रुपमा रहेका छन्, नेपालमा भएका सामाजिक संस्था हरुले मुख्यतया स्रोतको कारण र राज्यले युवा हरुलाई प्रयाप्त स्रोतको अभाब हुनु पनि एक कारण हो ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– सम्पूर्ण युवाहरु संग सहकार्य गरि युवाका सवालमा बहश पैरवी गर्ने, समाजमा रहेको जातीय , लैंगिक , तथा क्षेत्रीय विभेद अन्त्य गर्न सशक्त आवाज उठाउने, राज्यलाई युवा मैत्री योजना र बजेटको सुनिश्चितता गराउन अभियान सञ्चालन गर्ने, देशमा रहेको बेरोजगारी,जलबायु, मानब अधिकार, लोकतन्त्र, सार्बजनिक शिक्षा, स्वास्थ्यमा निरन्तर बहश पैरवी तथा अन्य समस्याको समाधानका लागि समग्र नागरिक समाज लाइ सशक्त बनाउने,रास्ट्रिय तथा अन्तरास्ट्रिय समसामयिक मुदामा उठाउन बहश पैरवी गर्ने र युवाको सहभागिता लाई सुनिश्चितता गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– नेपालमा अहिले ४२. ५६ प्रतिशत युवाको जनसंख्या रहेको देशमा राज्यले युवाको सही सदुपयोग गर्नुपर्छ लामो समय पछी प्राप्त संघिय लोकतन्त्र लाई पूर्ण रुपमा स्थापित गर्ने सम्पूर्ण युवालाई आवहान गर्दछु र अहिले देशमा रहेका विभिन्न समस्याका बारेका आवाज बुलन्द र समस्याको समाधानका लागि पनि सबै युवा एक ढिका भै लाग्न अनुरोध गर्दछु ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech