वडा कार्यालयमा गएनन् कर्मचारी

सुरेन्द्र शाही

दैलेख/ दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका वडा नं. १, ६ र ७ का वडा कार्यालय अझै सचिव विहिन बनेका छन ।

नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले करार कर्मचारी हटाए पछि वडा कार्यालय सचिव विहिन बनेका हुन ।

पालिकाले सचिव जिम्मेवारी दिएर केही कर्मचारी पठाउन खोजे पनि कर्मचारीले पत्र बुझेका छैनन भने अरु कर्मचारी पठाउन सकेको छैन । वडा नं. १ सचिवको जिम्मेवारी वडा नं. २ को सचिव गोविन्द सुवेदीलाई तोकिएको छ ।

त्यसैगरि वडा नं. ६ को जिम्मेवारी वडा नंं ८ का वडा सचिव ललि शाही दिइएको छ भने वडा नं. ७ को वडा सचिवको जिम्मेवारी वडा नं. ९ का वडा सचिव नेत्र बहादुर खड्का लाई थप जिम्मेवारी दिइएको छ ।
वडा कार्यालय बाट दिने सेवा सुविधालाई अर्को वडामा गएर लिनु पर्दा दुःख भएको सेवाग्राहीले बताएका छन ।

नगरपालिकाका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रबाट लगाइने नियमित खोप भने करार सेवा बाट हटाइएका कर्मचारीलाई तिन दिन सहयोग मागि खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख मान कुमारी शाहीले जानकारी दिएकी छन् ।

पालिकाको नियमित खोप १६ गते भएकाले आज सवै स्वास्थ्य संस्था खोप पठाई सकिएको उनले जानकारी दिएकी छन । कर्मचारी स्वस्थापन नभएकाले आफुले सेवाबाट हटाइएका कर्मचारीलाई एक पटकका लागि खोप लगाईदिन अनुरोध गरि खोप पठाएको उनले जानकारी दिइन ।

एक स्वास्थ्य कर्मचारीले भनिन यतिका वर्ष जागिर खाइयो अहिले जागिर नभएपनि स्वास्थ्य शाखाबाट सहयोग मागेकाले खोप बालबालिकाको अधिकार भएकाले आफु खोप लगाउन तयार भएको बताइन् ।

करार कर्मचारी हटाए पछि नगर क्षेत्र भित्र रहेका आधारभुत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र असोज ४ गते बाट बन्द रहेका छन् । स्वास्थ्य संस्था बन्द रहदा विरामीले दुःख पाई रहेका छन ।

यसै बिच नगरसभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पाटि र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधीले आइतबार बिरोध स्वरुप कोण सभा गरेपनि सो विरोध सभाले मूर्त रुपमा लिन सकेको छैन ।

कोण सभामा वक्ताहरुले विशेष नगरसभाको माग गरेपनि मंगलबार कार्यालय समय सम्म विशेष नगरसभाको निवेदन दर्ता भएको छैन ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech