६ प्रश्नमा धनजुजु

असल शासन प्रतिनिधि

धनजुजु श्रेष्ठ, निवर्तमान अध्यक्ष,
नेपाल अपाङ्ग संघ, खगेन्द्र नजीवन केन्द्र

१. तपाईंको जीवनको आदर्श के हो?
मानव जीवनको मूल्य मान्यता र विश्वासहरुलाई पालन गर्दै इमान्दारीपूर्वक समाजको सेवा गर्नु नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाईं यहाँ सम्म आईपुग्नु भयो ?
मेरो आमा बुवा तथा परिवारका सदस्यहरु को प्रत्यक्ष उत्प्रेरणाले ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको ?
समाजका समस्या विशेष गरी शिक्षा, स्वास्थ्य तथा सरल जीवन यापन का लागी सहयोग र कार्यक्रम सञ्चालन गरिरहेको छु । यसका लागि समाजका अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राखेका छौं ।

४ तपाईंको जीवनको अविस्मरणीय क्षण ?
म शारीरिक रुपले अपाङ्ग भएकोले हिँड्डुल गर्न कठिनाइ हुने र निकै कठिनाइ को सामना गरेर साइकल चलाउन सिकें । पहिलोचोटि १४ वर्षको उमेरमा स्वतन्त्र रुपले आफैले साइकल चलाएर घरबाट बजारसम्म गएको त्यो क्षण मेरो जीवनको अविस्मरणीय क्षण ।

५. तपाईंको बुझाइमा असल शासन भनेको के हो?
मेरो विचारमा असल शासन भनेको समृद्ध, स्थिर, र न्यायपूर्ण समाजको निर्माणका लागि जनताको हितलाई प्राथमिकतामा राखेर शासन गर्ने प्रक्रिया हो ।

६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो?
समाजलाई सुधार्न, सशक्त बनाउन र सबैको लागि समावेशी बनाउन शिक्षा, स्वास्थ्य तथा स्वयम्सेवा र परोपकारी कार्यहरू गर्न गराउन मेरो प्रतिबद्धता रहेको छ ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech