उपाध्यक्ष मल्ल द्वारा फोहोर व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता

रमेश बहादुर सिंह

बझाङ / बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका उपाध्याय धनलक्ष्मी मल्लले फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रतिवदता गरेकी छन ।

नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित “परिवर्तक – The ChangeMaker” अभियान अन्तर्गत बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ । IFRC को आर्थिक सहयोगमा आयोजित यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो। सरसफाई अभियानमा विद्यार्थी, स्थानीय व्यापारी, र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता रह्यो ।

कार्यक्रमको उद्घाटनमा सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले विद्यार्थीहरूमा जनचेतना फैलाउन र वातावरणीय प्रदूषण घटाउन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता पहलहरूको आवश्यकता रहेको बताए ।

बित्थडचिर गाउँपालिका वडा नं ९ का अध्यक्ष तथा प्रवक्ता हरिचन्द्र जोशीले समाज सुधार र वातावरणीय संरक्षणको लागि यो अभियानले नयाँ चरणको थालनी गरेको बताए । उनले सरसफाई मात्र नभई जलवायु परिवर्तनको असरलाई पनि सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए ।

गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लले फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने बताउँदै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिन । उनले समुदाय र युवाहरूसँग सहकार्य गर्दै ठोस कदम चालिने पनि बताईन् ।

अभियानका अभियन्ता कपिल बिष्टले बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि तत्काल डम्पिङ साइटको व्यवस्था गर्नुपर्ने आवश्यकता भएको बताउँदै उनले सरसफाईपछि सङ्कलित फोहोरलाई प्रतीकात्मकट रूपमा गाउँपालिकाका उपाध्यक्षलाई हस्तान्तरण गर्दै स्थानीय सरकारलाई सचेत गराए ।

कार्यक्रमले सरसफाई र जलवायु परिवर्तन जस्ता मुद्दाहरूमा समुदायलाई सचेत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ । यो कार्यक्रम बाट बजारमा भएको फोहोर व्यवस्थापनका लागि पनि निकै आवश्यकता रहेको कार्यक्रममा सहभागीहरुले बताए । बिधालय बजार लगाएतका ठाउँमा स्थानिय सरकारले छिटो भन्दा छिटो डम्पिङ साइट उपलब्ध गर्नु पर्न सहभागीहरु को माग रहेको थियो ।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech