दिगो जीविकोपार्जन परियोजना अन्तर्गत घोडाघोडीमा अभिमुखीकरण सम्पन्न

असल शासन प्रतिनिधि

 

सुखड कैलाली/
राज्यका नीति,कार्यक्रम तथा सेवा प्रवाह प्रक्रिया सम्बन्धी घोडाघोडीका सीमान्तकृत समुदायका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको छ ।
यु एन डी पी को सहयोगमा याक नेपालद्वारा घोडाघोडीमा लागु गरिएको दिगो जीविकोपार्जनका लागि समावेशी विकास परियोजना अन्तर्गत सीमान्तकृत समुदायका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रमको उद्देश्य बारे जानकारी दिँदै याक नेपालका निर्देशक डबल बमले राज्यका नीति तथा कार्यक्रमहरूका बारे सीमान्तकृत समुदायलाई जानकारी दिनका लागि अभिमुख कणको आयोजना गरिएको बताउनु भयो । नीति तथा कार्यक्रमबारे जानकारी दिई समुदायलाई जीविकोपार्जन गर्न यो अभिमुखीकरणले सहयोग पुग्ने उहाँले बताउनु भयो ।


कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हेमराज अवस्थि ,कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख हरि पनेरुले यस वर्ष सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिनुभयो ।
ज्ञान केन्द्र बाट सञ्चालन हुने कार्यक्रम बारे जानकारी दिँदै ज्ञान केन्द्र प्रमुख पनेरुले यस वर्षको योजनाहरूमा घोडाघोडीका सीमान्तकृत समुदाय सहभागी हुनुपर्ने बताउनु भयो ।
घोडाघोडी नगरपालिकाका कृषि शाखा प्रमुख जनक धामिले नगरपालिका बाट यस वर्ष सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिनु भयो । उहाँले आलु उत्पादनका लागि घोडाघोडी ८ पकेट क्षेत्र रहेको बताउँदै त्यसमा पनि सहभागी हुन सकिने जानकारी दिनु भयो ।
घोडाघोडी नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख इन्दु जोशीले यस वर्ष पालिकामा हुने कार्यक्रमबारे जानकारी दिँदै सीमान्तकृत समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भयो ।
पशु शाखाका मनोज आचार्यले पशु बिमा कार्यक्रममा सहभागी हुनु पर्ने बताउँदै यस वर्ष पालिकामा सञ्चालन हुने कार्यक्रम बारे जानकारी दिनु भयो ।
अभिमुखीकरण मार्फत सहभागीहरूलाई यस वर्ष सञ्चालन हुने कार्यक्रममा सहभागी हुन जोड दिइएको थियो । कार्यक्रममा समुदायले यस वर्ष के के योजना बनाएका छन् र कसरी काम गर्ने भन्ने बारे पनि छलफल गरिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका वडा न ४, ५, ८ र १० का सीमान्तकृत समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण याक नेपालका विनोद सीँ ले गर्नु भएको थियो ।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech