दशैँ विशेष इन्स्पाईरिङ्ग

रबिन्द्र बोहरा

नेपालगन्ज/असोज १८
युवाहरुलाई सकारात्मक कार्यमा लाग्न प्रेरित गर्ने साप्ताहिक कार्यक्रम इन्स्पाईरिङ्गको ३१८ औँ श्रृङ्खला नेपालीहरुको महान पर्व दशैँ विशेष भएको छ ।
नेपालगन्जमा असोज १८ गते शुक्रबार सम्पन्न कार्यक्रममा बडादशैँ २०८१ को शुभकामना आदान प्रदान गरी इन्पाइरिङ्ग युथ दशैँ विशेष रुपमा मनाइएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व उपाध्यक्ष अजित कुमार शर्मा र बास नेपालका सल्लाहकार किरण आचार्यले सम्पूर्ण सहभागिहरुलाई टिका प्रदान गरेका थिए ।


शुभकामना मन्तव्य दिँदै नेपाल रेडक्रस सोसाइटीका पूर्व उपाध्यक्ष अजित शर्माले आम नोपालीहरुको उन्नती र प्रगतिको कामना गर्दै बाढि प्रभावितप्रति इस्वरले दुख सहन गर्ने सक्ने प्रदान गरुन भन्ने कामना व्यक्त गरे । कार्यक्रममा बास नेपालका सल्लाहकार किरण आचार्यले हिन्दु राज्यको रुपमा देशलाई पुन फकार्उनु पर्ने तर्क दिँदै आम नेपाली र कार्यक्रमका सहभागीहरुलाई बडादशैँको शुभकामना व्यक्त गरिन् ।
शुभकामना मन्तव्य दिँदै बास नेपालका कार्यवाहक अध्यक्ष शिवकुमार वर्माले नेपालगन्ज धार्मिक सहिष्णुताको सहर भएकोले सबै धर्मका व्यक्तिहरुले सामुहिक रुपमा दशैँ मनाउँदै आएको इतिहास रहेको स्मरण गर्दै रामलिला मैदानमा हुने रामलिलाले नेपालगन्जको दशैँ पृथक हुँदै आएको बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा समाजसेवी सुरज आचार्य, नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापती नमराज सापकोटा, गेरुवा ग्रामिण जागरण संघका निवर्तमान अध्यक्ष कृष्णजंग शाह, दलित महिला संघका अध्यक्ष निर्मला सुनार लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रमका सहभागीहरु नानीमाया जैसी, असोक रावल र अमिस विश्वकर्माले सांगितीक प्रस्तुतिकरण गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले स्वागत गरेको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech