लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम संचालित बाँकेका तिन वटा स्थानीय तहका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको लागि ४ दिन तालिम शुरु भएको छ ।


रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धी रहेको छ । तालिमको उद्घाटन सत्र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन सत्रमा बोल्दै सत्रका प्रमुख अतिथि अध्यक्ष बिकले बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताए । कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउदै कार्यक्रमलाई खजुरा गाउपालिकाले निरन्तरता दिने प्रतिबद्धता गरे । मधेशी, मुस्लिम समुदायका किशोरीमा आएको परिवर्तनले अभिभावको समेत धारणा सकारात्मक भएको पाईएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न प्रयास गर्ने उनको भनाई थियो । कार्यक्रम सञ्चालित पालिकाहरुलाई जलवायु मैत्री पालिकाको रुपमा अगाडी बढाउने गरी कार्य गर्नुपर्ने उनको जोड थियो ।


उद्घाटन सत्रमा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै रुम टु रिड बालिका शिक्षा कार्यक्रमका सिनियर अधिकृत सुष्मा राईले कार्यक्रमलाई पालिकाहरुले आगामी शैक्षिक सत्रबाट कक्षा ७ मा शिक्षकमार्फत संचालन गर्ने योजना र निर्णय गरिए अनुरुप पूर्व तयारी लागि तालिमको आयोजना गरिएको बताए । उनले चार दिनको तालिममा लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) का बिषयबस्तुका बिषयमा बिस्तृत प्रशिक्षण हुने बताए ।
बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन सत्रमा स्वागत बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । तालिमको उद्घाटनमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, सिनियर अधिकृत सुष्मा राई, एडमिन एण्ड फाईनान्स सहायक शिबराज आचार्य, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय सचिब दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।


उक्त चार दिने तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई र कार्यक्रम अधिकृत निरोज कोइरालाले गर्नेछन् ।
तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास गरि २९ जनाको सहभागिता रहको छ । तालिम शुक्रबारबाट सञ्चालन भई सोमबार समापन हुनेछ ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech