बढैयाताल गाउँपालिकाको गाडी दुर्घटनाग्रस्त, दुर्घटना रहस्यमय

प्रमुख प्रशासकीय अधिकृतले मुख खोले

असल शासन प्रतिनिधि

बर्दिया/ बढैयाताल गाउँपालिकाको स्कारपियो गाडी रहस्यमय तरिकाले दुर्घटना भएको छ ।

असोज १८ गते यस बढैयाताल गाउँपालिकाको भे १ झ २६४ को स्कारपियो गाडी पालिका नजिकको सिमानामा दुर्घटना भएको हो ।

असोज १८ गते पालिका अध्यक्ष सो गाडिमा नेपालगन्ज गएर बेलुकी ६.३० फर्केर कार्यालयमा गाडी पार्किङ गरि घर गईसके पछु बेलुकी करिब ७.५० को समयमा सिमरानेर डिभाइडरमा ठोकिएर दुर्घटनाग्रस्त भएको बताईएको छ।

गाडी दुर्घटना भए लगत्तै जानकारी पाएपछी पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले चालकलाई फोन गरि गाडी कस्को आदेशमा कहाँ जाँदै थियो भनेर सोद्दा उनले केही नबताउँदै यश बारे म अहिले भन्दिन भनेको बताए ।

घटना बारेको रहस्य खोल्दै प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदिले सामाजिक संजाल फेसबुकमा लामै स्टाटस लेखेका छन् । उनको स्टाटस यस्तो छ :-

तत्काल घटनास्थलमा पुगे घटना कहालीलाग्दो थियो। घटना स्थलमा गै बुझ्दा चालकलाई प्रहरीले लिएर गएको रहेछ चालक सकुशल रहेको जानाकारी पाए। पुन मैले सबारी चालकलाई फोन गरि सोद्दा उनी केही बताउन तयार भएनन्।

अहिले पनि उनी कस्को आदेशमा गाडी कहाँ लगेको भन्दा बनावटी जबाफ दिई रहेका छ्न। कसै न कसैको आदेशमा उनले गाडी लिएर हिडेका थिए तर भन्न नचाहानुको कारणले अचम्मित बनाएको छ। अहिले पनि चालकले कसैलाई बचाउने र दोष आफैले लिने गरि अभिव्यक्ति दिइरहेका छ्न।

उनको सोझो पनको फाइदा लिदै कसैले नबोल भनेर नै उनी कार्यालय प्रमुख सित पनि सत्यकुरा भन्ने आट गर्न सकेका छैनन् । उनले सत्यतथ्य बताउनै पर्ने हुन्छ।

गाडी बारे केही तथ्यहरु।
१) सो गाडी अक्सर अध्यक्षज्युले नै प्रयोग गर्नु हुन्थ्यो अत्यावश्यक काम परेमा मात्र अन्य कर्मचारी पदाधिकारीले प्रयोग गरिन्थो।
२) उपाध्यक्षलाई आबस्याक पर्दा पनि सो गाडी उपलब्ध हुदैनथो।
३) म कार्यालय प्रमुख आफै पनि कतिपय कार्यक्रममा जादा सो गाडी उपलब्ध नभै बैकल्पिक गाडी प्रयोग गर्नु परेको थियो।
४) कार्यक्रम अनुगमनका लागि पनि कम प्रयोग हुने गरेको।
५) सो गाडिको चापी संबंधित सबारी चालकले नराखी कार्यालयमै राखिने गरिएको थियो।
६) सनिवार साझ बिहान कार्यालय प्रयोजनमा गाडी चलाउदा तोकिएको सबारी चालकले नचलाई बैकल्पिक चालकले चलाउने गरेको।
७) अहिले सो दुर्घटनाग्रस्त गाडी प्रहरी या ट्राफिक प्रहरीको जिम्मामा हुनु पर्नेमा ग्यारेजमा गयो भन्ने छ कस्को आदेसमा गयो ? यस्को जबाफ म सित छैन। ग्यारेज गएको मलाई जानाकारी पनि छैन।
८) गाडीमा दुइवटै इयरब्याग खुलेकाले गाडीमा अर्को ब्यक्ति थियो कि भन्ने आसंका पैदा गर्दछ।
९) सबारी चालकको कल डिडेट हेरौ कस्ले गाडी मगाएको छ कोको शीत कुरा भएको छ तुरुन्तै पत्ता लाग्छ यो लुकाएर लुक्ने कुरा होइन।
१०) सबारी चालकले इमान्दारी पुर्बक मोबाइलको कललग सुरक्षित राखी कार्यपालिकाले माग्दा पेश गर्नु पर्नेछ।
सो घटनामा सरकारी संपतिको ठुलो हानी नोक्सानी भएको छ।

तत्काल कार्यपालिकाले छानबिन समिती गठन गरि दोषी पत्ता लगाई गाडिको मर्मत क्षतिपूर्ति सोही दोषीबाट असुल उपर गराउनु पर्दछ। पालिकाको बजेटबाट मर्मतका लागि मेरो सहमति छैन।

यतिबेला सामाजिक संन्जालमा विभिन्न प्रस्नहरु उठि रहेका छ्न। कस्को आदेशमा के कामका लागि सो गाडी प्रयोग गरिएको हो भनेर उठेका सबै प्रस्नहरु यतिबेला अनुत्तरित छ्न्। यी प्रस्न उठ्नु जायज छ जनताको खबरदारी हुन जरुरी छ।

  • १९ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech